No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा


दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा

एजेन्सी
काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतबाट जमानत पाएपछि तिहाड जेलबाट रिहा भएका छन्। रिहा हुने क्रममा उनका समर्थकहरूले उनलाई भव्य स्वागत गरे। जेलबाट बाहिर आएपछि केजरीवालले आफू निर्दोष भएको र सत्यको जित भएकाले जेलबाट बाहिर आएको प्रतिक्रिया दिएका छन्।

केजरीवाललाई सर्वोच्च अदालतले आजै जमानत दिएको हो। अदालतले उनलाई मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर प्रकरणमा जमानत प्रदान गरेको हो। अदालतको आदेश अनुसार, केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने छ। न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले यो मुद्दाको सुनुवाइ गरेको थियो, जसको फैसला सेप्टेम्बर ५ मा सुरक्षित राखिएको थियो।

केजरीवालले सर्वोच्च अदालतमा दुईवटा याचिका दायर गरेका थिए, जसमध्ये पहिलो याचिका जमानत नदिने निर्णयको बिरुद्ध थियो। दोस्रो याचिका सीबीआईको गिरफ्तारीलाई चुनौती दिने सम्बन्धमा दायर गरिएको थियो। सीबीआईले उनलाई प्रवर्तन निर्देशनालय ९ईडी० को हिरासतमा रहेका बेला पक्राउ गरेको थियो।

मार्च २०२४ मा ईडीले केजरीवाललाई मदिरा नीति मुद्दामा पक्राउ गरेको थियो। त्यसपछि, जुलाई १२ मा सर्वोच्च अदालतले उनलाई ईडी मुद्दामा जमानत दिएको थियो। तर, यसअघि नै सीबीआईले उनलाई जुन महिनामा पक्राउ गरेकाले उनी जेलबाट रिहा हुन सकेका थिएनन्। लोकसभा चुनावलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले मे १० मा केजरीवाललाई चुनाव प्रचारका लागि २१ दिन अर्थात् जुन २ सम्म अन्तरिम जमानत दिएको थियो।

यसै प्रकरणमा, दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियाले पनि हालै जमानत पाएका छन्। उनी १७ महिनापछि जेलबाट रिहा भएका हुन्। यसअघि सञ्जय सिंह पनि धरौटीमा छुटेका थिए।

आम आदमी पार्टीले भाजपालाई केन्द्रीय एजेन्सीहरूको दुरुपयोग गरेर विपक्षी नेताहरूलाई झूटा आरोपमा फसाएको आरोप लगाउँदै आएको छ। तर, भाजपाले भने कानुनको अगाडि सबै समान रहेको भन्दै यस्ता आरोपहरूको खण्डन गरेको छ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
एमाले साना पार्टी सक्ने खेलमा : माधव नेपाल

एमाले साना पार्टी सक्ने खेलमा : माधव नेपाल

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: