No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

चीनमा रोइरहेकी सानी बालिकालाई विमानको शौचालयमा थुनेर ‘पाठ सिकाउन’ खोजेपछि…

चीनमा रोइरहेकी सानी बालिकालाई विमानको शौचालयमा थुनेर ‘पाठ सिकाउन’ खोजेपछि…

विमान सञ्चालक जुन्याओ एअरका अनुसार ती बालिकाकी हजुरआमाले ती दुई महिलालाई आफ्नी नातिनीलाई “पाठ सिकाउन” अनुमति दिएकी थिइन्

दुई महिलाले एउटी एक वर्षे बालिकालाई विमानको शौचालयमा थुनेको घटना सार्वजनिक भएपछि चीनमा सार्वजनिक स्थलमा बालबालिकाको रेखदेख कसरी गर्ने भन्ने विषयमा बहस उठेको छ।

ती दुई महिलामध्ये एक गोउ टिङटिङले उक्त घटनाको भिडिओ इन्टरनेटमा राखेपछि चीनमा ‘भाइरल’ भएको थियो।

उक्त घटना गत अगस्ट २४ मा चीनको दक्षिणपश्चिमी सहर क्वेयाङबाट शाङ्घाई जाने विमानमा भएको थियो।

आफ्नो ‘पोस्ट’मा ती महिलाले आफूले रोइरहेकी बालिकालाई शौचालयमा थुनेर विमानका अन्य यात्रुलाई शान्तसँग आराम गर्न दिन चाहेको बताएकी थिइन्।

तर त्यसमा उनको व्यापक आलोचना भयो।

थुन्न ‘हजुरआमाको अनुमति’

विमानको शौचालय

तस्बिर स्रोत,Getty Images

विमान सञ्चालक जुन्याओ एअरका अनुसार ती बालिकाकी हजुरआमाले ती दुई महिलालाई आफ्नी नातिनीलाई “पाठ सिकाउन” अनुमति दिएकी थिइन्।

घटनाको दुई दिनपछि एक विज्ञप्ति निकाल्दै विमान सेवाले ती बालिकाकी हजुरआमाले रोइरहेकी बालिकालाई ती नचिनेका महिलाहरूसँग पठाउन सहमति दिएकी बताएको थियो।

ती दुई महिलामध्ये एकले बालिकालाई उनी रुन छाडेपछि मात्र उनले शौचालयबाट निस्कन पाउने भनेर बताएको दृश्य भिडिओमा देखिने बताएइको छ।

एअरलाइन्स कम्पनीले उक्त बालिकाबारे विस्तृतमा केही नबताए पनि उनी एक वर्षकी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

आलोचना

टिकटक/दोयिङ

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,बालिकालाई विमानको शौचालयमा थुनिएको घटनाको भिडिओ एक महिलाले टिकटकको चिनियाँ संस्करणमा पोस्ट गरेकी थिइन्

उक्त भिडिओ सार्वजनिक भएलगत्तै त्यस घटनाको आलोचना सुरु भएको थियो।

आलोचकहरूले भिडिओ पोस्ट गर्ने महिलामा ‘समानुभूति’ नभएको र उनले शिशुलाई दुर्व्यवहार गरेको भन्ने टिप्पणी गरेका थिए।

जबाफमा गोउले आफू “रमिते बन्नुभन्दा पनि आफूले तत्काल केही कदम चालिहाल्न खोजेको” बताएकी थिइन्।

टिकटकको चिनियाँ संस्करण ‘दोयिन’मा उनले लेखेकी छन्, “मैले त बालिकालाई फुल्याएर अन्य सबैलाई आराम गर्न दिन चाहेकी मात्र थिएँ।”

बालिका रोएको आवाजबाट टाढिन केही यात्रुहरू विमानको पछाडितिर गएको अनि अन्य केहीले कानमा कागज कोचेको पनि आफूले देखेको उनको दाबी छ।

तर घटनालगत्तै उनको खाता ‘प्राइभेट’ भएको छ।

“एक वा दुई वर्षका बच्चाले आफ्नो भावना नियन्त्रण गर्न सक्दैनन्। रुँदा के बिग्रियो त? सानी हुँदा तपाईँ चाहिँ रुनुभएन र?” एक प्रयोगकर्ताले ‘वेबो’मा लेखेका छन्।

अर्का टिप्पणीकर्ताले बालिकामा पर्न सक्ने मनोवैज्ञानिक असरबारे चिन्ता व्यक्त गरेका छन्। उनी भन्छन्, “सार्वजनिक स्थलमा साना बालबालिकालाई कसरी अझ राम्रोसँग राख्न सकिन्छ भनेर हामीले सोच्नुपर्छ।”

तर कोहीकोहीले भने बालिका थुन्ने महिलाहरूको कदमको समर्थन पनि गरेका छन्। बालिकाकी हजुरआमाले सहमति दिएकाले यो कदम स्वीकार्य भएको उनीहरूको तर्क छ।

एक ‘वेबो’ प्रयोगकर्ता भन्छन्,”इमान्दार भएर भन्दा, केही केटाकेटीलाई यस्तो शिक्षा नभई हुन्न।”

बालबालिकाको हेरचाहबारे बहस

विभिन्न निहुँमा सार्वजनिक स्थलमा रुने र सार्वजनिक सम्पत्ति तोडफोड गर्नेजस्ता गतिविधि गर्ने “मात्तिएका” बालबालिकाको व्यवस्थापनबारे चीनमा बहस चर्कँदो छ।

चीनमा यस्ता बालबालिकालाई “बेअर चिल्ड्रन” भनिन्छ। यसले पनि केहीकेही मानिस यस्ता बालबालिकाले ‘जङ्गली’ व्यवहार देखाउँछन् भन्ने सोच्ने गरेको देखाउँछ।

केही रेल्वे सेवामा साना बालबालिका सहित यात्रा गर्नेहरूका लागि छुट्टै डिब्बा छुट्याउन थालिएको छ।

तर विश्वमा यसबारे विभिन्न थरी दृष्टिकोण छन्। उदाहरणका लागि दक्षिण कोरियामा रेस्टुराँ, सङ्ग्रहालय तथा नाटकघरमा सयौँ “बालबालिकामुक्त” क्षेत्र छुट्याइएको छ।

तर केही सांसदहरूले यस्ता क्षेत्र हटाउन माग गरेका छन्। विशेषतः दक्षिण कोरियामा कम जन्मदर देखिएको अवस्थामा समाजले साना बालबालिकालाई अझ राम्रोसँग स्वीकार गर्न सक्नुपर्ने उनीहरूको तर्क छ।

टर्किश-डच कम्पनी ‘कोरेन्डन एअरलाइन्स’ र सिङ्गापुरको ‘स्कूट’ लगायतका केही विमान सेवाले यात्रुहरूलाई बढी पैसा तिरेर “बालबालिका नभएको क्षेत्र”मा बसी यात्रा गर्ने विकल्प दिएका छन्।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को मात्र जवाफ

मतदान केन्द्रतर्फ कर्मचारी र सुरक्षाकर्मी प्रस्थान सुरु

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

Next Post
कांग्रेसका दुई महामन्त्रीले अघि सारेका प्रस्तावको अर्थ के हो, के पार्टीले स्वीकार्ला

कांग्रेसका दुई महामन्त्रीले अघि सारेका प्रस्तावको अर्थ के हो, के पार्टीले स्वीकार्ला

Leave a Reply Cancel reply

ताजा समाचार

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को मात्र जवाफ

मतदान केन्द्रतर्फ कर्मचारी र सुरक्षाकर्मी प्रस्थान सुरु

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: