No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

कतारी अमिर नेपाल आउनु नै उपलब्धि


कतारी अमिर नेपाल आउनु नै उपलब्धि

अर्को साता नै नेपालले लगानी सम्मेलन गर्दैछ । तर त्यसको मुखैमा अमिर अल थानी नेपाल आएको बेला कतारबाट कुनै घोषणा हुन सकेन । यसअर्थमा कतारी अमिर अल थानी भ्रमणमा आउनु नै नेपालका लागि उपलब्धि बनेको छ ।

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

एसियाली मुलुकहरूको भ्रमणमा निस्किएका अल थानी फिलिपिन्स, बंगलादेश हुँदै मंगलबार दिउँसो काठमाडौं आएका थिए । भ्रमणको दोस्रो दिन बुधबार दिउँसो पौने २ बजेतिर आफ्नो निजी विमानमार्फत उनी कतार फर्किएका हुन् ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरे । बुधबार होटल सोल्टीमा भएको भेटपछि कतारी अमिर अल थानी र प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा ८ वटा सम्झौता र समझदारी भएको छ । सरकारी तहमा ५ वटा समझदारी र एउटा सम्झौता छन् भने निजी क्षेत्रसँग पनि दुई वटा समझदारी र सम्झौता भएको छ ।

  • दुई देशको संस्कृति र कलाको क्षेत्रमा सहकार्य गर्न नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीच समझदारी ।
  • समाचार आदानप्रदानमा सहकार्य गर्न राष्ट्रिय समाचार समिति (रासस) र कतार समाचार एजेन्सी (क्यूएनए)बीच सम्झौता ।
  • दुई देशबीचको शिक्षा क्षेत्र, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानका लागि नेपाल सरकार र कतारबीच समझदारी ।
  • युवा तथा खेलकुदको क्षेत्रमा सहकार्य गर्न नेपाल र कतारबीच समझदारी ।
  • नेपालको महान्यायाधिवक्ता कार्यालय र कतारको सार्वजनिक अभियोजन कार्यालयबीच सहयोग तथा सहकार्यको समझदारी ।
  • कूटनीतिक प्रशिक्षणका लागि नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) र कतारको परराष्ट्र मन्त्रालयअन्तर्गको कूटनीतिक प्रशिक्षण केन्द्रबीच समझदारी ।
  • दुई देशका निजी क्षेत्र, नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बरबीच नेपाल–कतार संयुक्त व्यापार परिषद् स्थापना गर्ने सम्बन्धी समझदारी र सम्झौता ।

नेपालको प्रमुख श्रम गन्तव्य, अनि विश्वभर आक्रामक लगानी गरिरहेको कतारका अमिर अल थानीको भ्रमणका लागि दुई देशले लामो समयदेखि गृहकार्य गरेका थिए । उनी मंसिरमै नेपाल आउने तयारीमा थिए ।

७ अक्टोबरमा मध्यपूर्वमा इजरायल र हमासबीच युद्ध सुरु भएपछि अमिर अल थानीको भ्रमण रोकियो । त्यसबेला कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुराइखी नेपाल आएका थिए ।

त्यसको ५ महिनापछि कतारी अमिर अल थानी नेपाल आए, तर भ्रमणबाट नेपालले अपेक्षाकृत लाभ उठाउन सकेन । कतिसम्म भने नेपालले लामो समयदेखि उठाउँदै आएको श्रम सम्झौता पुनरावलोकनमा पनि सहमति हुन सकेन ।

दक्षिण एसियाली मुलुकहरूको श्रम गन्तव्य बनेको कतारले नेपालसँग सबभन्दा पहिले श्रम सम्झौता गरेको थियो । तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका अनुसार त्यतिबेला भारत, बंगलादेश र पाकिस्तानले पनि श्रम सम्झौताका लागि अनुरोध गरेको थियो, तर कतारले नेपालको प्रस्तावलाई मात्रै स्वीकार गर्‍यो ।

२१ मार्च २००५ मा नेपाली जनशक्ति रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो भने त्यसको अतिरिक्त प्रोटोकलमा २००८ जनवरी २० मा हस्ताक्षर भयो । त्यसयता हजारौं नेपाली वैदेशिक रोजगारीका लागि कतार पुगेका छन् ।

अहिले पनि कतारमा चार लाखभन्दा बढी नेपाली श्रमिकका रुपमा कार्यरत छन् । उनीहरुको स्वास्थ, सुरक्षा, बीमा र ज्याला लगायतका विषय सम्बोधन गर्ने गरी नेपालले श्रम सम्झौता पुनरावलोकनको प्रस्ताव गर्दै आएको छ ।

तर कतारी अमिर अल थानी नेपाल आएकै बेला समेत यसले अन्तिम रुप पाउन सकेन ।

अहिलेको समयमा कतार विश्वको सबभन्दा ठूलो लगानीकर्ता मुलुकमध्ये एउटा हो । अर्को साता नै नेपालले लगानी सम्मेलन गर्दैछ । तर त्यसको मुखैमा अमिर अल थानी नेपाल आएको बेला कतारबाट कुनै घोषणा हुन सकेन ।

यसअर्थमा कतारी अमिर अल थाली भ्रमणमा आउनु नै नेपालका लागि उपलब्धि बनेको छ ।

नेकपा एमाले अन्तर्राष्ट्रिय विभागका प्रमुख राजन भट्टराईका अनुसार यस्तो भ्रमणले दुई देशको सम्बन्ध सुधार त हुन्छ नै अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि सुधार्ने महत्वपूर्ण अवसर हुन्छ ।

‘हाम्रो सत्ता राजनीति अस्थीर छ । सत्ता राजनीति नै अस्थीर भएपछि अन्तर्राष्ट्रिय समुदायले हेर्ने नजर पनि त्यस्तै हुन्छ’, उनले भने, ‘यतिबेला हाम्रो असल मित्र कतारबाट राष्ट्र प्रमुख अल थानीले गर्नुभएको भ्रमण सफल भएको छ । यो हाम्रा लागि खुसीको कुरा हो ।’

नेपाल र कतारबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यो ४७ वर्षमा नेपालबाट भने तत्कालीन राजा, प्रधानमन्त्री, राष्ट्रपतिको तहमा पटक–पटक भ्रमण भए । कतारबाट उच्चस्तरीय भ्रमण पहिलोपटक भएको हो ।

पूर्वराजदूत विजयकान्त कर्ण पनि एसिया क्षेत्रको उदाउँदो शक्ति राष्ट्रका प्रमुखको भ्रमण हुनु नेपालका लागि आफैंमा उपलब्धिमूलक रहेको बताउँछन् ।

कतारसँग नेपालको सम्बन्ध र पछिल्लो समय विश्व राजनीतिमा कतारले बढाउँदै लगेको प्रभावका कारण पनि अल थानीको भ्रमण विशेष महत्वको रहेको उनको भनाइ छ । पूर्वराजदूत कर्णले भने, ‘यो भ्रमणले तत्काल के फाइदा भयो भन्ने छाड्ने हो भने अन्तर्राष्ट्रिय समुदायमा हाम्रो छवि सुधार्नका लागि उपलब्धिमूलक हुने देखिन्छ ।’

मध्यपूर्वमा क्षेत्रफल र जनसंख्याका हिसाबले सानो मुलुक भएपनि आर्थिक र रणनीतिक हिसाबले विश्वमञ्चमा कतार प्रभावशाली ढंगले उदाइरहेको छ ।

पेट्रोलियम पदार्थ उत्पादक कतार भूराजनीतिक वृत्तमा पनि असाध्यै ठूलो रणनीतिक शक्ति मानिन्छ । पछिल्लो समय मध्यपूर्वमा देखिएको तनावमा कतार नै त्यस्तो मुलुक हो, जसले मध्यस्थताको भूमिका समेत खेलिरहेको छ ।

त्यही कतारको अमिर अल थानीको भ्रमणबाट जति लाभ लिन सक्थ्यो, त्यसमा भने नेपालले चुकेको छ । पूर्वराजदूत कर्ण भ्रमण आफैंमा अर्थपूर्ण भएपनि नेपालको कमजोर तयारीकै ठोस् उपलब्धि हासिल हुन नसकेको बताउँछन् ।

‘कतारका राष्ट्र प्रमुखको भ्रमणलाई नेपालको राष्ट्रिय हितमा कसरी सदुपयोग गर्न सक्छौं भन्नेमा धेरै कमजोरीहरू देखिए’, उनले भने, ‘विश्व अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेको मुलुकसँग विशुद्ध भ्रमण मात्रै गराएको भनेर हामीले फाइदा लिन सक्दैन ।’

सरकारी तयारी नभएका कारण लगानी, व्यापार र श्रम क्षेत्रमा गर्नुपर्ने धेरै काम हुन नसकेको उनको विश्लेषण छ ।

सत्तारुढ नेकपा एमाले अन्तर्राष्ट्रिय विभाग प्रमुख भट्टराई राजनीतिक अस्थिरता र कर्मचारीतन्त्रमा गम्भीरताको अभावले यस्तो अवसर सदुपयोग गर्न चुकेको स्वीकार गर्छन् ।

राजनीतिक अस्थिरता हुँदा कर्मचारीतन्त्रले काम गर्न नपर्ने जस्तै ठान्ने गरेको भन्दै उनले भने, ‘हाम्रा कमीकमजोरीका कारण सम्भावित अवसरमा हामी चुक्दै आएका छौं । यसपटक पनि हामीले उपलब्धि हात पार्नका लागि जति तयारी गर्नुपर्थ्यो, त्यति पुगेन भन्ने लाग्छ ।’

अमिर अल थानीको धन्यवाद

कतारी अमिर अल थानीले नेपाल भ्रमण सफल भएको भन्दै खुसी व्यक्त गरेका छन् । आफ्नो भ्रमणका क्रममा नेपाल, नेपाली नेता र जनताले गरेको आतिथ्यका लागि सामाजिक सञ्जाल एक्समार्फत प्रशंसासहित धन्यवाद दिएका हुन् ।

‘यसले मलाई नेपालको प्राचीन इतिहासबारे केही सिक्ने अवसर मिल्यो’ उनले लेखेका छन्, ‘राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग हाम्रो आर्थिक सम्बन्धलाई विकास गर्ने, द्विपक्षीय सहयोगलाई उच्चस्तरमा पुर्‍याउने र विभिन्न क्षेत्रमा साझेदारीलाई सुदृढ गर्नेबारे छलफल भयो ।’

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

देशभर कर्फ्यू आदेश जारी

देशभर कर्फ्यू आदेश जारी

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

Next Post
गौर घटना किन बन्दै छ,  उपेन्द्र यादवका लागि गलपासो ?

गौर घटना किन बन्दै छ, उपेन्द्र यादवका लागि गलपासो ?

Leave a Reply Cancel reply

ताजा समाचार

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

देशभर कर्फ्यू आदेश जारी

देशभर कर्फ्यू आदेश जारी

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: