No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

बर्दिबासको प्रस्तावित वन क्षेत्रकै जग्गामा मेडिकल कलेज बन्ने बाटो खुल्यो

बर्दिबासको प्रस्तावित वन क्षेत्रकै जग्गामा मेडिकल कलेज बन्ने बाटो खुल्यो

सरकारले बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि वन क्षेत्रको जग्गा उपलब्ध गराएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले कलेज पूर्वाधार निर्माणका लागि महोत्तरी नगरपालिका–४ माइस्थानको सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टरको जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

जग्गा उपलब्ध भएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माणको लागि बाटो खुलेको छ । सरकारले मेडिकल कलेज निर्माणका लागि बर्दिबासमा पूर्वाधार विकास आयोजनाको कार्यालय समेत २०७६ वैशाखमा स्थापना गरेको थियो ।
आयोजनाका प्रमुख देवीप्रसाद सुवेदीका अनुसार २०७७ कात्तिक २० वातावरणीय परीक्षण मूल्याङ्कन (ईआईए) वन मन्त्रालयबाट स्वीकृत भइसकेको छ । यस्तै २०७८ असोजमा कलेज निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर ) शिक्षा मन्त्रालयमा पेश भइसकेको छ ।

सो क्षेत्रमा भएका १९६७ रुख काटिने भएका छन् । त्यसबापत सामुदायिक वन क्षेत्रमा १० गुणाभन्दा बढी विरुवा वृक्षरोपण गर्नुपर्ने हुन्छ ।
सकेसम्म वृक्षरोपण गर्नका लागि जग्गाको खोजी गर्ने र यदि हालसालै वृक्षरोपण गर्न सम्भव नभए अर्थ मन्त्रालयले पाँच वर्षभित्रमा रकम जम्मा गर्ने व्यवस्था भएको भन्दै सुवेदीले त्यसको स्रोतको सुनिश्चितता भएपछि पूर्वाधार निर्माण सुरु हुने बताए ।

सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा बर्दिबास मेडिकल कलेज स्थापना गर्ने निर्णय भएको थियो ।
‘मन्त्रिपरिषदमा फाइल लैजाने गरी वन मन्त्रालयमा सबै डकुमेन्ट पठाएपछि जग्गा प्राप्ति भएसँगै अब अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएपछि पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउने सुवेदीले बताए ।

सुवेदीका अनुसार मेडिकल कलेज पूर्वाधार निमार्णका २० अर्ब हाराहारीमा खर्च अनुमान गरिएको छ । एक हजार बेडको अस्पतालसहितको अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न मेडिकल कलेज बनाउने योजना छ ।

‘कुनै पनि रोगका लागि बाहिर देश जानुपर्ने अवस्था नहोस् भन्ने योजनाका लागि मेडिकल कलेजको निर्माण हुन लागेको हो’, आयोजना प्रमुख सुवेदीले भने ।

दुई भवनमा ६ सय र ४ सय बेड गरी हजार बेडको अस्पताल भवन निर्माण हुनेछ । त्यसै मेडिकल कलेजको भवन, प्रोफेसर तथा कर्मचारी बस्ने क्वार्टर, विद्यार्थी होस्टेल, कुरुवा घर लगायतका भौतिक संरचना निर्माण हुनेछ ।

तर बजेट अभावका कारण हालको लागि ६ सय बेडको मात्र अस्पताल निर्माण गर्ने भन्ने पनि बहस पनि चलेको सुवेदीले जानकारी दिए । जसका लागि करिब १४ अर्ब खर्च हुने अनुमान गरिएको छ । जग्गा प्राप्तिका लागि दुई वर्ष भन्दा बढी समय लागेका भन्दै यही रुपमा काम अगाडि बढे अझै निमार्ण प्रक्रिया थालनी गर्न एक–दुई वर्ष लाग्ने सक्ने प्रमुख सुवेदी बताउँछन् । सरकारले स्रोत सुनिश्चितता गरेपछि तीन वर्षभित्र पूर्वाधार निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा आज हुँदै

अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा आज हुँदै

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: