No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

हिरासतमा रहेका छोराले आमाको दाहसंस्कार गर्न पाएनन्

हिरासतमा रहेका छोराले आमाको दाहसंस्कार गर्न पाएनन्

सिरहा । सिरहाको नरहा गाउँपालिका–५ बल्कावाका निरशीदेवी यादवको शव आँगनमा लडेको छ । उनका छोरा ५५ वर्षीय रामवचन यादव जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा छन् ।गाउँबाट सयजनाको संख्यामा आएका छिमेकीहरूले वर्षामा भिज्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा सोमबार राति अबेलासम्म धर्ना दिए,नाराबाजी लगाए ।
उनीहरूले परम्पराअनुसार दाहसंस्कार गर्नका लागि रामवचनलाई सुरक्षासाथ छाडन आग्रह गरे । त्यसअघि नै उनीहरूले रामवचनलाई दागबत्ती साथै काजक्रिया बस्ने व्यवस्थाका लागि वडा कार्यालयबाट सहयोगको सिफारिस र मृत्यु भएको प्रमाण साथै ल्याएका थिए ।
ुदुस्खका बेला धार्मिक परम्पराअनुसार दाहसंस्कार गर्न पाउने कानुनी अधिकार भएपनि एसपी नरेन्द्र कार्कीसँग अनुनयविनय गर्‍यौं,ु मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका केन्द्रीय सदस्य सिरहा गोलबजारकी पुनमकुमारी महतोले भनिन्, ुएसपीले एक घण्टामा आउँछु भनेर घण्टौं पर्खाएर रात पारे तर आएनन,प्रहरी कार्यालयको ढोकामा प्रहरीबाट गालीगलौज र दुर्व्यवहार भयो ।ुपुनमले यसो भनिरहदा रातको साढे ७ बजेको थियो ।
उता आमाको शव हेर्न नपाएर रामवचन भने रुँदारुँदै बेहोस हुने गरेका छन् । आमाको मृत्युको शोकमा उनलाई सान्तवना दिने आफन्त पनि कोही छैनन् । खाना समेत नखाएकाले कमजोर बनेका छन् । मान्छेको मृत्यु भइसकेपछि उसको धार्मिक परम्पराअनुसार शपकफ सदगत गर्न पाउनु पर्ने नैसर्गिक तथा कानुनी अधिकार रहेको अधिकारकर्मीको भनाइ छ । राज्य आफ्नो दायित्वबाट कदापि विमुख हुन नहुने महिला तथा मानव अधिकार राष्ट्रिय सञ्जालकी अध्यक्ष श्याम साहको भनाइ छ ।

थुनुवा वा कैदीले थुना वा कैदको अवस्था प्रभावित नहुने गरी अन्य नागरिक सरह संवैधानिक एवम् कानुनी हकको उपयोग गर्न पाउने कानुनी व्यवस्था रहेको कानुन व्यवसायीहरू पनि बताउँछन् । आफैले सदगत वा काजक्रिया गर्नुपर्ने नातेदारको मृत्यु भएमा तोकिएको दिन फर्कने गरी सदगत वा काजक्रिया गर्न पाउने व्यवस्था रहेको अधिवक्ता डोमन साहले बताए।
अधिवक्ता साहका अनुसार अदालतबाट म्याद थामेर बन्दी बनाएपछि राज्य जिम्मेवार बन्नुपर्ने र अनुमति लिएर सदगत गर्न जान पाउने व्यवस्था रहेको छ । सप्तरीका जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौलाका अनुसार अनुसन्धान अधिकृतले उपयुक्त देखेमा सरकारी वकिलको सहमति लिएर छाड्न सक्छन् ।
छाडनै नमिल्ने अवस्था हो भने पनि सुरक्षाका साथ दाहसंस्कार गर्न पाउने गरी व्यवस्था गर्नु भनेर आफूले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकलाई दागबत्ती दिने व्यवस्थ सम्म गरिदिन आग्रह गरेको तर प्रहरीले नछाडेको निरौलाले बताए ।
सिरहा मिर्चैयाको मल्हनियामा रामवचनका २६ वर्षीय छोरा सुनिल केरा खेती गरेर बसेका थिए । कृषि फारमको रूपमा विस्तार गर्न काठमाडौं बस्ने सिरहाकै मुन्ना भनिने महेन्द्र साह रौनियारले काठमाडौं बुढानिलकण्ठका ५२ वर्षीय सूर्यबहादुर घिमिरेबाट ५० लाख रुपैयाँ ऋण लिन लगाएको सुनिलले बताए ।
घिमिरेले ६ महिनासम्म नियमित सम्पर्क गर्दै करोडौंको कारोबार र लाखौंको आम्दानीको आश्वासन दिए र सपना देखाए । बैंक ग्यारेण्टी, जग्गा धितोको कुरा गर्न थालेपछि मात्र छोराले लिएको ऋणबारे रामवचनले थाहा पाएको गाउँले तथा नातेदार मनोज यादवको भनाइ छ ।
मनोजका अनुसार रामवचनको बैंकको चेक उनकै छोरा सुनिलबाट नै घिमिरेले प्राप्त गरेको र मुद्दा लगाएको हो । सुनिलले केही रकम फिर्ता गरेको र बाँकी रकम दुई महिनामा फिर्ता गर्ने सहमति भएकोमा सो सहमति विपरित रामवचनलाई समेत जबरजस्ती तानेर मुद्दा लगाइएको कैलाश महतोको जिकिर छ ।
सिरहाको लहानस्थित गोधुली होटलमा भएको बादविवादमा घिमिरेले लगाएको अपहरण तथा शरीर बन्धक मुद्दामा ६७ दिनपछि धरौटीमा थुनामुक्त भएर २० दिनअघि मात्र रामवचन घर आएको मनोज बताउँछन् । मनोजका अनुसार सोमबार अपहरण मुद्दाको पेशी थियो,आरोप लगाउनेहरूका तर्फबाट कोही साक्षी नबसे पछि रामवचन निर्दोष साबित हुने अवस्थामा पुगेका थिए ।
अपहरण मुद्दाबाट निर्दोष प्रमाणित हुने कुराले वृद्ध आमा निरशीदेवी खुशी थिइन् । उनी जेठा छोरा रामवचनसँगै बस्थिन् । परिवारसँग सम्बन्ध बिग्रिएकाले कान्छा छोरा दुखमोचन अलग्गै बस्थे । सोही बेला घिमिरेकै उजुरीमा रामवचन ठगी मुद्दामा शनिबार पक्राउ परे पछि ९२ वर्षीय आमा चिन्ताग्रस्त भइन् ।
परिवारका सदस्यका अनुसार मुद्दा लागेपछि बैंक सेवाबाट निलम्बनमा परेका कृषि विकास बैंकका प्रबन्धक रामवचन दोसो पटक पक्राउ परेपछि सोही पीर र तनावले आमाको आइतबार निधन भयो । पहिलो पटक छुटेर आएपछि छोराकै काखमा निदाउने आमा निरशीको मृत्युका बेला छोरा साथमा छैनन्।
जीवनभरी एउटै छानोमा बसेका छोराले आमाको दागबत्ती गर्न त के अन्तिम मुखसम्म देख्न पाएनन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रमोद खडकाले दाहसंस्कार परिवारका अन्य छोरा वा सदस्यले गर्दा पनि हुने जवाफ दिए ।
काजक्रिया हिरासतमै पनि गर्न सकिने बताएका प्रनि खडकाले हिरासतमा रहेका थुनुवालाई छाड्न जाहेरवालाको समेत सहमति लिनुपर्ने अडचन देखाए । कानुनमा व्यवस्था भएपनि प्रहरी जनशक्ति कम भएकाले रामवचनलाई सप्तरीबाट उनको घर सिरहा पठाउन नसकिएको प्रनि खडकाको भनाइ छ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को मात्र जवाफ

मतदान केन्द्रतर्फ कर्मचारी र सुरक्षाकर्मी प्रस्थान सुरु

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

Next Post
सिरहाबाट एक मिटरब्याजी महिला पक्राउ

सिरहाबाट एक मिटरब्याजी महिला पक्राउ

Leave a Reply Cancel reply

ताजा समाचार

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को मात्र जवाफ

मतदान केन्द्रतर्फ कर्मचारी र सुरक्षाकर्मी प्रस्थान सुरु

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: