No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

संसदबाट बजेट पास प्रकरणले झन् बढ्यो उपेन्द्र र सिकेबीचको दुरी

संसदबाट बजेट पास प्रकरणले झन् बढ्यो उपेन्द्र र सिकेबीचको दुरी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा।सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि झन् आक्रमक भएका छन् । पछिल्लो समय जसपाले वजेटको समर्थनमा मतदान गरेपछि जनमत पार्टी सो पार्टीप्रति झनै आक्रमक भएको हो ।
जसपाले सुरुदेखि यथास्थितिमा सरकारको वजेटलाई पास हुन नदिने भन्दै आएको थियो । कार्यकारिणी समितिको बैठकबाट पनि यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको थियो । तर, असार १३ गते एकाएक संसदीय दलको बैठकबाट निर्णय गरेर बजेटलाई समर्थन गरेपछि जनमत पार्टीका अध्यक्ष सिके राउतदेखि लिएर उनका पार्टीका अन्य नेताहरुले कडा आलोचना गरिरहेका छन् ।

मधेसमा जसपा र जनमत पार्टीले एक अर्कालाई प्रतिस्पर्धी मानेका छन् । एक अर्कालाई कसरी कमजोर गर्न सकिन्छ, त्यसका लागि दुवै दल हरहमेशा रणनीति बनाइरहेका हुन्छन् । राजनीतिको भूगोल एउटै भए पनि, राजनीतिको मुद्दा एउटै भएपछि नेपाली राजनीतिको दुई किनारमा दुवै पार्टी उभिएका छन् ।

यद्यपि एक ठाउँमा दुवै पार्टीको मिलन पनि भएको छ, त्यो हो सरकार । केन्द्रदेखि प्रदेश सरकारसम्म दुबै सँगसँगै छन् । जनमत पार्टी संघीय सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी भएको छैन । बाहिर भने यी दुवै दलको बीचमा केही कुरा मिलेको छैन । दुवै दल दक्षिण र उत्तरतर्फ फर्केका छन् । जसपाले कुनै काम गर्दा त्यसको ठिक विपरीत जनमतले गर्दै आएको छ ।
दुवै दल एउटै गठबन्धनमा छन् तैपनि एक अर्काको विरोधमा उभिएका छन् । सप्तरी–२ मा उपेन्द्र यादवलाई सिके राउतले पराजित गरेपछि दुवैको दूरी बढेको थियो । तर जब उपेन्द्र यादव बाराबाट चुनाव जिते त्यसपछि झन् दुवै दलको बीचमा द्वन्द्व बढेको छ ।

त्यसअघि भएको राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको चुनावमा दुवै दल एक ठाउँमा उभिएनन् । जहाँ उपेन्द्र यादवले समर्थन गरे, त्यहाँ सिके राउतले विरोध गरे । जहाँ सिके राउतले समर्थन गरे, त्यहाँ उपेन्द्र यादवले विरोध गरे ।

हुँदा हुँदै बजेटमा पनि सिके राउतले बजेटको विपक्षमा उभिने निर्णय गर्ने लगत्तै जसपाले समर्थनमा उभिने निर्णय गर्यो । यो कुरालाई जनमत पार्टीका अध्यक्ष डा।सिके राउत र उनका पार्टीका कार्यकर्ताले मधेसमा निकै प्रचार गरिरहेका छन् । जसपा संसदीय दलले जारी गरेको ह्वीपवाला पत्र नै सामाजिक सञ्जालमा राखेर खिल्ली उडाइ रहेका छन् ।

‘हामीले यथास्थितिमा बजेटलाई समर्थन गरेका होइनौं, प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा।प्रकाशशरण महतले मधेसमा बजेट थप्ने प्रतिवद्धता जनाएपछि मात्र समर्थन गरेका हौं ।’ जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादव भन्छन्, ‘अरु दलले किन के का लागि विरोध गरिरहेका छन्, त्यो उनीहरुले नै जानुन् तर यथास्थितिमा हामीले बजेट समर्थन गरेका छैनौं ।’

कतिपय दलको जन्म विरोध गर्नका लागि नै भएकोे हो जस्तो लाग्छ, उसलाई विरोध गर्नमा नै मज्जा आउँछ भने त्यसमा आफूलाई केही भन्नु छैन तर जसपाले जन्माएको सरकार हो, त्यसलाई संरक्षण गर्ने, त्यसलाई बलियो बनाउने दायित्व पनि रहेको हुनाले त्यसअनुसार अगाडि बढेको प्रमुख सचेतक यादवको भनाई छ ।

जनमत पार्टीका नेता डा।शरद यादवले जसपाले मधेसी जनतालाई भ्रममा राख्ने काम गरेको टिप्पणी गरे । उनले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले सडकदेखि सदनसम्म जनमत पार्टीभन्दा कडा शब्दमा यो बजेटको विरोध गर्नुभएको छ । यथास्थितिमा कुनै पनि हालतमा पास हुँदैन भन्नुभएको छ । तर, एकदिनमै के चमत्कार भयो कि एकाएक बजेटलाई समर्थन गर्नुभयो ।’

आफूहरुले कुनै पार्टीको विरोध नगरेको, राजनीतिमा देखिएको गलत प्रवृत्तिको विरोध गरेको बताउँदै उनले जनताले पनि थाहा पाए कि संसदमा कुन दलले के गरिरहेका छन् ।

जसपाको संसदीय दलको बैठक चलिरहेकै ठाउँमा प्रधानमन्त्री प्रचण्ड गएका थिए । त्यसपछि मात्र उपेन्द्रले समर्थन जनाएका हुन् । यदि केही सहमति भएको छ भने त्यो बाहिर आउनु पर्यो वा बजेट संशोधन भएको छ भने त्यो पनि देखाउनु पर्यो । नभए प्रधानमन्त्री प्रचण्डको आडमा जनतालाई भ्रमित पार्ने काम गरेको पुष्टि हुने उनको जिकिर छ । रातोपाटि

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
भगवानपुर गाउँपालिकाको आर्थिक सहयोगमा अपाङ्ग मैत्री सीप बिकासको तालीम सुरु

भगवानपुर गाउँपालिकाको आर्थिक सहयोगमा अपाङ्ग मैत्री सीप बिकासको तालीम सुरु

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: