No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

भारतमा पूर्वराजा ज्ञानेन्द्रकाे कट्टर हिन्दुबादी नेतासंग भेट

भारतमा पूर्वराजा ज्ञानेन्द्रकाे कट्टर हिन्दुबादी नेतासंग भेट

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुक तरंगित भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने यति बेला भारत भ्रमणमा व्यस्त छन्।
राजाकै हैसियतमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा भारतमा रहेको पूर्व राजा शाह गत शुक्रबार निजी भ्रमण भन्दै भारत पुगेका थिए। त्यहाँ उनले योगी आदित्यनाथसँग भेटवार्ता गरिसकेका छन्।

सो भेटवार्ताका विषयमा पूर्वराजाको संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको थियो। त्यसयता भने भारतमा पूर्वराजा के गर्दै छन् भन्ने विषय सार्वजनिक भएको छैन। स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्वराजाबीच भेटवार्ता गराउने प्रयास भइरहेको छ।

‘भारतीय प्रधानमन्त्री मोदीजी पनि उहाँ ९पूर्वराजा० सँग भेट गर्न इच्छुक हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘अहिले मोदीजीको कार्यव्यस्तताले समय मिलिसकेको छैन। कोसिस भने जारी छ।’

पूर्वराजा भारत भ्रमणका रहेका बेला नेपालमा भने नक्कली भुटानी शरणार्थी प्रकरणले गति लिएको छ। पूर्व गृहमन्त्रीदेखि बहालवाला सचिवसम्म यो प्रकणमा पक्राउ परेका छन् भने अझै हाइ प्रोफाइलका व्यक्ति प्रकाउ पर्न सक्ने बताइएको छ।
आफ्ना देशका नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने राज्य सत्ता नै संलग्न भएको भन्दै नागरिकमा आक्रोश देखिएको छ। भ्रष्टाचारीलाई कारवाही गर्न भन्दै दैनिक जसो राजधानीलगायत मुलुकका विभिन्न स्थानमा दबाव मुलक कार्यक्रम आयोजना हुन थालेका छन्।

त्यस्ता कार्यक्रममा अहिलेको व्यवस्थाका नै खारेज गर्नुपर्ने आवाज उठ्न थालेको छ। वर्तमान व्यवस्थाप्रति नागरिकमा वितृष्णा फैलिएको भन्दै कतिपयले यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताइरहेका बेला पूर्वराजाको लम्बिँदो भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ।

पूर्वराजा शाह आफ्ना सुरक्षाकर्मी र सहयोगी विनै लखनउ पुगेका हुन्। उनलाई उत्तर प्रदेश सरकारले सुरक्षा उपलब्ध गराउने र त्यहाँ रहँदा पूर्व राजाले विभिन्न धार्मिकस्थलको दर्शन गर्ने औपचारिक कार्यक्रम रहेको छ।

योगी आदित्यनाथले विगतमा पनि उत्तर प्रदेशका विभिन्न धार्मिक कार्यक्रमहरुमा पूर्वराजालाई नेपालको राजाकै हैसियतमा निमन्त्रणा दिने गरेका छन्। त्यहाँ जाँदा पूर्वराजालाई नेपाल नरेशकै हैसियतमा मञ्च र आसन उपलब्ध गराइन्छ।

यसअघि पूर्वराजा शाह फागुन २२ गते सोमबार स्थलमार्ग हुँदै भारत भएका थिए। नेपालका राजनीतिक दलहरु सत्ताको आपसी खिचातानीमा लिप्त भएको मौकामा पूर्वराजा ज्ञानेन्द्रले छिमेकी मुलुक भारतको साथ खोज्ने प्रयास विगत लामो समयदेखि गर्दै आएका थिए। यसअघि पनि उनी विभिन्न वाहनामा भारतको भ्रमणमा गएका थिए।

पछिल्ला दिनहरुमा नागरिक बचाऊ अभियानमा भारतको राष्टिय स्वयं सेवक संघ ९आरएसएस०को विशेष सहयोग रहँदै आएको बताइएको छ जसको उद्घाटन झापाबाट पूर्वराजा ज्ञानेन्द्रले नै गरेका थिए।

यो अभियानको नेतृत्व दुर्गा प्रसाईंले गर्दै आएका छन्। फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्रबाट जारी भएको विज्ञप्तिमा राजनीतिक दलहरुले राजसंस्थासँग सहकार्य गर्नु पर्ने धारणा अघि सारेका थिए।

विगत केही समयदेखि पूर्वराजाका विज्ञप्तिहरु राजनीतिकरुपले खरो बन्दै आएका छन्। यो परिस्थितिमा पूर्वराजाको सुटुक्क भारत भ्रमणलाई निकै अर्थपूर्ण मानिएको छ।

नेपालको केन्द्रीय सत्तामा एकपछि अर्को अस्थिरताका घटना हुनु, यी सबै अस्थिरतामा भारतकै भित्री हात हुनु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र अन्य गठबन्धनका नेताहरु भारतीय इशारामा सत्ताको गठजोडमा संलग्न हुनु र फेरि पनि थप अस्थिरताकै संकेतहरु देखिनुले पूर्वराजालाई भारतसँग सहकार्य गरेर पुन गद्दीमा फर्किन सकिन्छ कि भन्ने हिम्मत पलाएको हुनसक्ने बताइएको छ।

नेपालमा शाहवंशले २४० वर्ष शासन गरेको थियो। २०६३र६३ को जनआन्दोलनबाट पुनस्र्थापना भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाहले गद्दीत्याग गरेका थिए। उनी शाहवंशका अन्तिम राजा हुन्।

गणतन्त्र घोषणापछि पत्रकार सम्मेलन गरेरै गद्दी त्यागेका ज्ञानेन्द्र शाह पछिल्लो सयम चटपटाउन थालेका छन् । उनी नेपालको अस्थिरतामा कतै व्यवस्था परिवर्तन गर्न पो सकिन्छ कि भनेर दौडधुप गरिरहेको हुन सक्ने विश्लेषण हुन थालेको छ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
परिणती र राघवबीच आज दिल्लीमा इन्गेजमेन्ट हुँदै, प्रियंका चोपडा पनि पुगिन्

परिणती र राघवबीच आज दिल्लीमा इन्गेजमेन्ट हुँदै, प्रियंका चोपडा पनि पुगिन्

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: