No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

एमालेकै राष्ट्रपतिमा ओलीको अडान, दाहालको इन्कार

एमालेकै राष्ट्रपतिमा ओलीको अडान, दाहालको इन्कार
बालुवाटारमा दुई घण्टा संवाद, दुवै नेता लचक भएनन्

काठमाडौँ — राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न करिब एक साता बाँकी रहँदा प्रमुख गठबन्धनका दुई प्रमुख नेता आमनेसामने भएका छन् । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा बिनासर्त एमालेलाई समर्थन गर्न आग्रह गरेका छन् जसलाई प्रधानमन्त्री दाहालले अस्वीकार गरेका छन् ।

सरकार गठन भएदेखि नै एकअर्काबीच असहज दाहाल र ओलीको सम्बन्ध राष्ट्रपति निर्वाचनले चिसो बनाएको छ । आमनेसामने प्रस्ट तर्क राख्ने एजेन्डासहित दाहाल र ओलीबीच बिहीबार बालुवाटारमा दुई घण्टा संवाद भएको थियो । तर, वार्ता फलदायी बनेन ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार ओलीको प्रस्ताव अस्वीकार गर्दै दाहालले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिमै गर्नुपर्ने अडान राखेका छन् । ‘प्रधानमन्त्री र केपीजीले आ–आफ्ना कुरा राख्नुभयो तर सहमति जुट्न सकेन,’ गजुरेलले भने, ‘राष्ट्रिय सहमति अहिलेको आवश्यकता हो । राष्ट्रिय सहमतिमा जाने भनेपछि बल्ल कुन पार्टीबाट को पात्र भन्नेबारे छलफल हुने हो तर कुरा त्यहाँ पुगेको छैन ।’ उनका अनुसार दाहाल र ओलीबीच फेरि छलफल हुनेछ ।

एमाले अध्यक्ष ओली भने सरकार गठनका बेलाको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने अडानमा छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने बिहीबार साँझ कान्तिपुरसँग भने, ‘पुस १० को सहमति कार्यान्वयन गर्दै अहिलेको गठबन्धनलाई बलियो बनाएर जानुपर्छ, हाम्रो कुरा स्पष्ट छ, त्यसबाहेक कुनै विकल्प सोचेका छैनौं ।’

एमाले नेतालाई राष्ट्रपति बनाउन माओवादी अध्यक्ष दाहाल सहमत नभए साझा उम्मेदवार खोज्नुपर्ने धारणा पनि एमालेभित्रै उठेको छ । ‘कांग्रेसले प्रधानमन्त्रीमा अडान राख्दा राज्य शक्तिका सबै पद गुमायो, हामीले पनि त्यही गल्ती दोहोर्‍याउनु हुन्न भनेर छलफल भइरहेको छ तर पुस १० को सहमतिबाट माओवादी कसरी पछि हट्न मिल्छ भनेर हाम्रा अध्यक्षले प्रश्न गरिरहनुभएको छ,’ एमालेका एक नेताले भने ।

राष्ट्रपति एमालेले नपाउने अवस्थामा स्वीकार्य पात्रको खोजी गर्ने विषयमा पनि पार्टीभित्र अप्रत्यक्ष छलफल सुरु भएको ती नेताले बताए । ‘प्रचण्डजीलाई सरकारको सुरक्षाको मात्र चिन्ता छ, हामीलाई गठबन्धन कसरी सुरक्षित राख्ने भन्ने चिन्ता छ,’ उनले भने । वर्तमान सत्ता गठबन्धन भत्काउने रणनीतिअनुरूप दाहालले राष्ट्रिय सहमतिको ‘झमेला’ ल्याएको पनि उनको भनाइ छ ।

ओलीनिकट नेताहरूका अनुसार एमालेले छाड्नुपर्ने अवस्थामा लोसपा अध्यक्ष महन्थ ठाकुर वा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा पनि एमालेभित्र छलफल भएको छ । केही दिनअगाडि खनालले प्रधानमन्त्री दाहालसँग भेट गरेका थिए । तर, दाहाल भने कांग्रेस सहज हुने नाममा मात्र सहमति गर्ने मनोविज्ञानमा रहेको भन्दै एमालेले आफ्ना विकल्पहरू खुला गरेको छैन ।

दाहालले राष्ट्रपति चयनलाई सरकारको सुरक्षासँग जोडेर हेरेको र यसैका लागि राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेको उनीनिकट एक नेता बताउँछन् । दाहालले सरकारको भविष्य सुरक्षित हुने सुनिश्चितता खोजेर राष्ट्रपतिमा कांग्रेससँग सहकार्य गर्न सकिने जनाउ निकट नेताहरूलाई दिएका छन् ।

एक नेता भन्छन्, ‘यो गठबन्धनमा जे–जे एजेन्डा बोकेका दल छन्, उनीहरू कहिलेसम्म एकै ठाउँ हुन्छन् भन्ने अनिश्चितता भयो । यस्तोमा सरकार सुरक्षित हुने आधार खोज्नु अन्यथा भएन । राष्ट्रिय सहमतिको प्रस्तावले त्यस्तो आधार बनाउने विश्वास छ ।’

माओवादी नेताहरूका अनुसार राष्ट्रपति पनि एमालेलाई दिएपछि राज्यको सम्पूर्ण ‘कमान्ड’ ओलीको हातमा हुने र सरकार कठपुतली मात्र हुने आशंकामा दाहाल छन् । बरु, प्रधानमन्त्री दाहाल गठबन्धनबाहिरबाट राष्ट्रपति चयनमा लागे पनि एमालेले तत्काल सरकार नछाड्ने, बरु उपयुक्त समयमा ‘बदलाको कदम चाल्ने’ अनुमान उनको छ । नाटकीय मोडमा दाहाल नेतृत्वमा सरकार बनाउन भूमिका खेलेका एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच शृंखलाबद्ध भेटवार्ता भइरहेका छन् तर अविश्वास बढ्दै छ । यही बेला कांग्रेसका केही नेताले फागुन १० मा गठबन्धन भत्किने सार्वजनिक अभिव्यक्ति दिएपछि ओली झस्किएका छन् । ईकान्तिपुर

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
युक्रेनको तेल प्रशोधन केन्द्रमा रूसले क्षेप्यास्त्र प्रहार गर्दा ठूलो क्षति

युक्रेनको तेल प्रशोधन केन्द्रमा रूसले क्षेप्यास्त्र प्रहार गर्दा ठूलो क्षति

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: