No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

कोर्स करेक्सन’ गर्दैछन् प्रचण्ड?

कोर्स करेक्सन’ गर्दैछन् प्रचण्ड?

काठमाडौं – नेकपा कालदेखि रहेको केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको ‘विग्रह’ एकाएक सत्ताले मथ्थर पा¥यो।
आमचुनावसम्म तत्कालीन पाँचदलीय गठबन्धनमा आवद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट पुगे। र, नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भए।

दुई महिनाअघि बालकोटमा बनेको नयाँ गठबन्धन यतिबेला भत्किने संघारमा पुगेको छ। शीर्ष नेताहरू एक अर्काप्रति शंकालु हुन थालेका छन्। यो शंकाको जडो बनिदिएको छ, आगामी राष्ट्रपति निर्वाचन।

प्रधानमन्त्री छाडेर प्रतिनिधिसभाको सभामुख पाइसकेको एमालेको नजर अब यही महिनाको २५ गते हुने राष्ट्रपति निर्वाचनतिर छ। यसका लागि ओली प्रचण्डकहाँ धाएको धायै छन्।
कहिले आफैं बालुवाटार पुग्छन्। कहिले प्रचण्डलाई बालकोट बोलाउँछन्। सत्ता साझेदार दलहरूको बैठकमा पनि राष्ट्रपति निर्वाचनको प्रसंग प्रवेश पाउँछ।
तर, प्रचण्डले ओलीलाई धेरै महत्व दिएका छैनन्।

ओलीले राष्ट्रपतिमा एमालेका उम्मेदवार खडा गर्ने अडान लिँदा प्रचण्ड राष्ट्रिय सहमतिको कुरा झिक्छन्। आन्तरिक छलफलमा मात्रै नभएर उनले सार्वजनिक रूपमै पनि कैयौंपटक राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखिसकेका छन्।

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने प्रचण्डको प्रस्तावलाई एमालेका नेताहरू एमालेलाई राष्ट्रपतिमा एमालेलाई रोक्ने ‘दाउ’ का रूपमा अथ्र्याइरहेका छन्।

माओवादीका एक पदाधिकारीका अनुसार ओलीसँग सहकार्य गरेर प्रचण्डले आफूलाई ‘कम्फर्टेबल’ महसुस गर्न सकिरहेका छैन। भन्छन्,‘काम गर्न त कांग्रेससँगकै गठबन्धन नै ठीक थियो। यतिबेला प्रचण्डजीले त्यति सहज महसुस गरिरहनु भएको छैन।’

भित्रभित्र ‘मौन’ असन्तुष्टि भए पनि दुवै नेता सार्वजनिक रूपमै एकअर्काविरूद्ध उत्रिइहाल्न भने सकेका छैनन्। यद्यपि राष्ट्रपति निर्वाचनअघि पछिल्लो समय बनेको गठबन्धन ‘धरमर’ मा पर्ने आशंका हुन थालेको छ।

र, यसको संकेत एमाले अध्यक्ष ओली आफैंले दिइसकेका छन्।

मंगलबार अनेरास्ववियुको २३ औं महाधिवेशनको उदघाटन कार्यक्रममा सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धन भत्किने संकेत गरे।

‘पाँचदलीय गठबन्धन तोडेर अर्को सरकार बनाएको हौं। यो सफलताको कुरा हो। कथमकदाचित यो स्थिति फेरियो भने‘’ ओलीले भने।

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने प्रधानमन्त्री प्रचण्डको अडान र कांग्रेसले राष्ट्रपतिको निर्वाचनसम्म सत्ता गठबन्धन तोड्ने रणनीति अख्तियार गरेको विषयलाई ओलीले समानान्तर हेरिरहेका छन्।

प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न नसकेको कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतसमेत दाउमा राखेर विश्वासको मत दिएर ‘ढोक्सा’ थापेको छ।

सरकारलाई विश्वासको मत दिएर सत्ता गठबन्धनमा ‘विग्रह’ को बिउ रोप्न कांग्रेस सफल भएको छ।

सत्ता गठबन्धनमा एकमत हुन नसक्दा सुदूरपश्चिममा सरकार गुमाएको एमाले पुस १० को सहमतिअनुसार राष्ट्रपतिमा पनि प्रचण्डले अड्को थाप्ने आकलन गरेको छ।

राष्ट्रपति निर्वाचनलाई लिएर खटपट रहेको सत्ता गठबन्धन फागुन १० गतेभित्र भत्किने कांग्रेसका महामन्त्री गगन थापाले दाबी गरेका छन्।

सोमबार उनले भनेका थिए,‘पुस १० गते निर्माण भएको सत्ता गठबन्धन फागुन १० गतेसम्म भत्काएर छाड्छौं।’

राष्ट्रपति निर्वाचनअघि गठबन्धन तोड्ने रणनीति बनाएर अगाडि बढिरहेको कांग्रेससँग प्रधानमन्त्री प्रचण्ड निरन्तर छलफलमा छन्।

सभामुख एमालेलाई छोडिदिएका प्रचण्ड पनि राष्ट्रपति दिन नहुनेमा सहमत देखिएको नेताहरूको भनाइ छ। पुस १० को सहमतिअनुसार साढे दुई वर्षपछि प्रचण्डले सरकारको नेतृत्व छोडेर एमालेलाई दिनुपर्ने हुन्छ।

त्यतिबेला आफूहरूको हातमा केही पनि नहुने विश्लेषण गरिरहेका माओवादी केन्द्रका नेताहरू शक्ति सन्तुलनका लागि पनि राष्ट्रपति एमालेलाई दिन नहुने सोचमा छन्।

बरू पाँच वर्ष सरकारको नेतृत्व आफूले गर्न पाउने गरी राष्ट्रपति कांग्रेसलाई छाड्दा उपयुक्त विकल्प हुनसक्ने बुझाइ उनीहरूको छ।

प्रधानमन्त्री प्रचण्डसँग कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापालगायतका नेताहरू संवादमा छन्।

सरकार सञ्चालनका लागि सत्ता गठबन्धनले एमाले अध्यक्ष ओली नेतृत्वको राजनीतिक संयन्त्रको बैठकअघि बिहीबार महामन्त्री थापा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

प्रचण्डसँग संवादमा रहेका थापाले मिति किटान गरेर गठबन्धन फुट्छ भन्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

शुक्रबार प्रचण्डसँग छलफलका लागि कांग्रेस सभापति देउवा पनि बालुवाटार पुगेका थिए।

यस्तै प्रचण्डले पनि पार्टीका नेताहरूलाई पनि छलफलका लागि सक्रिय बनाएका छन्। माओवादी उपाध्यक्षद्वय कृष्णबहादुर महरा, अग्नि सापकोटालगायतका नेताहरू कांग्रेससँग छलफलमा छन्। आयोमेल

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
सेना दिवसमा सहभागी हुन भारतका ५ पूर्वसेनाध्यक्ष आउँदै

सेना दिवसमा सहभागी हुन भारतका ५ पूर्वसेनाध्यक्ष आउँदै

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: