काठमाडौं । आजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणले जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निणर्य गरेको एक मन्त्रीले जानकारी दिए ।
उनले भने-‘रेशम चौधरीलाई छुटाउन भनेर त लेखेको छैन तर राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निणर्य भएको छ ।’











