No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

लिङदेनको १४ सीटसहित संसदीय यात्रा सुरु, थापाको यात्रामा पूर्णविराम !


लिङदेनको १४ सीटसहित संसदीय यात्रा सुरु, थापाको यात्रामा पूर्णविराम !

काठमाडौं । पञ्चायतकालदेखि नै राजनीतिमा प्रभाव जमाउँदै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाको संसदीय राजनीतिक यात्रामा पुर्णविराम लागेको छ । पार्टीको महाधिवेशनमा हारको वेदनाले पार्टी विभाजन गर्न पुगेका थापाको पार्टीले आम निर्वाचन २०७९ मा नराम्रो हार व्यहोर्न पुग्दा उनको राजनीतिक यात्रा रोकिएको छ । उनी राजेन्द्र लिङदेनका अगाडि लज्जास्पद अवस्थामा पुगेका छन् ।
गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उठेका थापा अर्का उम्मेदवार राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । पराजित भएपछि उनले लिङदेनको नेतृत्वलाई असहज मान्दै पार्टी फुटाएर राप्रपा नेपाल गठन गरेका थिए । सुरुमा उनले लिङदेनलाई निकै ठूलो धक्का दिने अनुमान गरिएपनि उनले सोचेअनुसार नेताहरुले साथ दिएनन् । अधिकांश राम्रा नेताहरु लिङदेनकै पक्षमा देखिए ।
मंसिर ४ को आम निर्वाचनमा उनले नेकपा एमालेसँग चुनावी सहकार्य गर्दै एमालेको सुर्य चिह्नबाट चुनाव लडेका थिए । तर, सधैं जित निकाल्दै आएका उनको क्षमता एमालेको सहयोगले पनि थापालाई जित दिलाउन सकेन । यो निर्वाचनमा उनी पराजित मात्र भएनन्, उनको पार्टीले समानुपातिक मतमा ३० हजार पनि कटाउन सकेन । थापाले देशभरीबाट ३० हजार मतसमेत नपाउँदा उनले छोडेर गएका लिङदेन भने १४ सीटसहित संसदमा पुगेका छन् ।

निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य सँगै गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासले ३० बर्ष भन्दा बढी समय व्यतित गरिसकेको छ ।तीन दशकको अवधिमा पटकपटकको विभाजन झेलेको राप्रपा कुनै समय सत्ता राजनीतिको निर्णायक शक्ति समेत बनेको थियो । जसको उपयोग थापाले मजैले गरेका थिए । गणतन्त्र स्थापनापछि पुरानै एजेन्डासहित हरेक जसो चुनावमा प्रतिस्पर्धा गदै आएका थापाले अघिल्लो पटक पनि राप्रपालाई राष्ट्रिय पार्टी बनाउन सकेका थिएनन् ।

उनी राप्रपा नेपाल पार्टी खोलेर गएपछि पुरानो राप्रपा चम्किएको छ । राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ सीट जितेको छ भने समानुपातिकमा पनि ७ सीट नै पााएको छ । राप्रपाका अध्यक्ष लिङदेन १४ सीट लिएर संसदमा पुग्दा थापा भने घर न घाटको अवस्थामा आइपुगेका छन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि पूर्वपञ्च भनिएकाहरुको पार्टीको पहिचान बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निकै उतारचढाव झेल्दा थापा पनि सााथमै रहेका थिए । उनकै नेतृत्वमा तीन पटक पाार्टी विभाजन पनि भएको थियो ।

बहुदलीय व्यवस्था बहाली भएपछि राप्रपा थापा र राप्रपा चन्दको नामबाट दुई पार्टी बनेका थिए । पूर्व प्रधानमन्त्री सुर्यवहादुर थापाको पार्टी र अर्का पूर्व प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दको पार्टीले २०४८ को आम निर्वाचनमा खासै उल्लेख्य प्रदर्शन गर्न सकेनन् । त्यतिबेला थापा नेतृत्वको पार्टीले १ सीट जित्यो भने चन्द नेतृत्वको पार्टीले ३ सिटमा विजयी भयो । उक्त निर्वाचनपछि उनीहरूले पार्टी एकतासमेत गरेका थिए । २०५१ को मध्यावधि निर्वाचनमा सो पार्टीले प्रतिनिधिसभामा २० सीट जित्न सफल भयो र संसदको तेस्रो ठूलो दलको रुपमा स्थापित भएको थियो ।

त्यसबेला कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्दा चन्द नेतृत्वमा रहेको एउटा समूह एमालेसँग गठबन्धन सरकारमा सामेल भएपछि दलमा पुन विभाजनको श्रुङखला सुरु भएको थियो । एमालेसँग गठबन्धन सरकारमा सामेलपश्चात २०५३ फागुन २९ गते चन्द तेस्रो पटक नेपालका प्रधानमन्त्री बने । सूर्यबहादुर थापाको नेतृत्वमा रहेको समूहले काग्रेससँग गठबन्धन गरेको थियो । गठबन्धन गरेर सरकारमा सामेल हुने विषयले पुन राप्रपाभित्र फुटको अवस्था आयो ।

पार्टीले लोकेन्द्र बहादुर चन्द र नौ समर्थकलाई निष्कासन पनि गर्यो । पछि चन्दले आफ्नै पार्टी सुरु गरे । २०५६ को निर्वाचनमा पनि दुबै पक्ष एक्ला एक्लौ सहभागी भए । सूर्यबहादुर थापाले ११ सीट जिते भने लोकेन्द्र बहादुर चन्द नेतृत्वको पार्टीले कुनै पनि सीट जित्न सकेन । पुन चुनावपश्चात यी दलबीच फेरि एकीकरण भयो । दोस्रो पटक भएको एकीकरणको केही समयमै पुन २०६१ मा पार्टी पुन विभाजित भयो ।

पार्टीका पूर्व अध्यक्ष थापाले राष्ट्रिय जनशक्ति पार्टी नामक नयाँ दलको गठन गरे । २०६३ मा राष्टिय प्रजातन्त्र पार्टीको विभाजनको रुपमा कमल थापाले राष्टिय प्रजातन्त्र पार्टी नेपाल दल गठन गरे । संविधानसभा पहिलो निर्वाचन २०६४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ ८ सीट जितेको थियो । जसको पार्टीको नेतृत्व पशुपति शमशेर जवराले गरेका थिए । कमल थापा नेतृत्वको राष्टिय प्रजातन्त्र पार्टी नेपालले ४ सीट जितेको थियो ।

२०७० मा राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गाभियो । त्यसबेला सूर्यबहादुर थापाले पार्टीको नेतृत्व गरेका थिए । दोस्रो संविधानसभामा सो दलले प्रत्यक्षमा ३ र समानुपातिकतर्फ १० सीट सहित १३ सीट जितेको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले समानुपातिकमा २४ सीट जत्दै दोस्रो संविधानसभाको चौथो ठूलो राजनीतिक दल बन्न पुग्यो ।

२०७३ मंसिर ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भयो र पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राखियो । एकीकरणपश्चात २०७३ फागुनमा पार्टीको अध्यक्षमा कमल थापा चुनिएपछि गत २०७४ को निर्वाचनमा थापाकै नेतृत्वमा पार्टी चुनावमा सहभागी बन्यो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले केबल एक सीट जितेको थियो । जसमा राजेन्द्र लिङ्देन मात्र निर्वाचित भएका थिए ।

समानुपातिकमा तीन प्रतिशत पार गर्न असफल भएपछि सो पार्टी राष्ट्रिय पार्टी हुन असमर्थ भयो । यसले १, ३ र ६ प्रदेश सभामा एक एक सीट जितेको थियो । यसपटकको निर्वाचनमा राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ स्थानमा जीत हाशिल गरेको छ भने समानुपातिकमा पनि सातै सीट पाएको छ । नतिजा अनुसार नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो, राप्रपा पाँचौं, जसपा छैटौं पार्टी र एकीकृत समाजवादी सातौं पार्टी बनेका छन् । एक वर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि पार्टी त्यागेर हिँडेका कमल थापाको राप्रपा नेपाल पार्टी भने अस्तित्वहीन भएको छ । नेपालबहस

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
आतङ्कवादलाई समर्थन गर्ने राष्ट्रहरूलाई भारतको चेतावनी

आतङ्कवादलाई समर्थन गर्ने राष्ट्रहरूलाई भारतको चेतावनी

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: