No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान


मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

काठमाडौं । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको बताएका छन् ।

आइतवार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको बताएका हुन् ।
उनीहरुले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरु भोट हाल्न पुगेको पाएको बताए ।

दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल ९जिओक० ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढे पनि मतदाताहरुको उपस्थिति कम पाएको बताउनु भयो । उहाँले उपस्थित मतादाताहरुमा मतदान उत्साहजनक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढ्यो, ललितपुर उपमहानगरपालिका र गोदावरी नगरपालिकाका मतदान केन्द्रमा अनुगमन गर्‍यौं । अनुगमनका क्रममा हामीले शान्त वातावरणमा धेरै उत्साहित भएर, आत्तिएर मतदान गर्न नआएको अवस्था देख्यौँ । मतदान उत्साहजनक छ र यसको परिणाम उत्साहजनक होला भन्ने आश छ ।’

त्यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतदाताहरुको उपस्थिति तुलनात्मक रुपमा कम पाएको बताउनु भयो । उहाँले सुरक्षा व्यवस्थामा भने कतै खुकुलो र कतै कडा पारिएको पाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मतदाताहरुको उपस्थिति तुलनात्मक रुपमा कम जस्तो देखिएको छ, विगतको तुलनामा । सुरक्षाकर्मीहरु सबै ठाउँमा एकै किसिमको चुस्त नभएको जस्तो देखिन्छ । कतै भित्र गएर निस्किँदा हुन्छ भनियो भने हामीलाई जान दिने आदेश छैन भनियो । कोर शहरी एरियामा उपस्थिति अलि कम थियो । बाहिर नयाँ बस्तीमा उपस्थिति बाक्लो थियो ।’

त्यसैगरी पूर्व गृहसचिव खेमराज रेग्मीले शान्त र सौहाद्रपूर्ण वातावरणमा निर्वाचन भएको पाइएको बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाका कोर एरियामा भने मतदाताहरुको उत्साह कम देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्त र सौहाद्रपूर्ण वातावरणमा निर्वाचन भएको देखियो । कोर एरियामा मतदाता कम उत्साहीत भएको देखियो ।’

त्यस्तै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरुले नै मतदाताको उपस्थिति कम रहेको बताएको जानकारी दिनुभयो । उहाँले मतदान केन्द्रमा चाप कम रहेको बताउनु भयो । उहाँले मतदान गर्न आएकामध्ये वृद्धवृद्धा, महिला, अपाङ्गको उल्लेख्य उपस्थिति देखिएको र मतदान शान्त रहेको बताउनु भयो । उहाँले मतदात स्थलमा कुनै दबाब नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरुले नै मतदाताको उपस्थिति कम रहेको कुरा आयो, मतदान केन्द्रमा चाप छैन, वृद्धवृद्धा, महिला, अपाङ्गको उल्लेख्य उपस्थिति देखियो, मतदान शान्त छ, दबाब छैन, पहिलाको अनुपातमा मतदाताको सहभागिताको अनुपात नबढ्ला कि भन्ने भय छ ।’

त्यसैगरी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले वितका निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतदाताहरुको उपस्थिति कम रहेको बताउनु भयो । उहाँले यस निर्वाचनमा ७० प्रतिशत मतदान हुने आँकलन गर्नुभयो । उहाँले विगतका निर्वाचनको जस्तो माहोल नदेखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मतदानलाई हेर्दा शुरुदेखि नै मतदाता कम उत्साहीत रहेको पायौँ । पहिला कोलाहल हुन्थ्यो यस पटक कम पाएको छौँ । मान्छेहरुको संख्या पातलो छ । समष्टिगत ७० प्रतिशतसम्म मतदान हुन्छ जस्तो लाग्यो, पहिला देखेको निर्वाचन जस्तो माहोल छैन ।’

त्यस्तै पूर्व मुख्यसचिव तीर्थमान शाक्यले विगतको जस्तो उत्साह यस पटकको निर्वाचनमा नदेखिएको बताउनु भयो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैचरणमा देशभर भइरहेको छ । आज साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ । ईमेजखबर

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
विदेशी पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

विदेशी पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: