No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशाह कुर्मी

‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशाह कुर्मी

नेपालगन्ज, कात्तिक २६ :   नेपाली काँग्रेसका नेता बादशाह कुर्मी यतिबेला बाँके, प्रदेश सभा–३ (२) मा चुनावी दौडमा छन् । २०६४ र २०७० सालमा दुई पटक समानुपातिक सभासद भएर उनले गरेका कामको आधारमा नै अहिले उनी आफ्नो मुल्यांकन स्वरुप मतदातामाझ पुगिरहेका छन्् । ‘समानुपातिक सभासद भएर मैले आफ्नो संसद विकास कोषबाट जति कामहरु गरे, त्यसको मुल्यांकन गरिदिन मैले मतदातालाई विशेष आग्रह गरिरहेको छु,’ पाँच दलिय गठबन्धनका उम्मेदवार कुर्मी भन्छन् ।
पार्टीमा गरेको लामो संर्घषका कारण राजनीतिमा फड्को मारेका कुर्मीले क्षेत्र नम्बर २ र ३ (साविक क्षेत्र नम्बर ३ र ४ ) मा गरेका भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्रमा गरेको कामको स्थानीय स्तरमा गर्व गर्न लायक देखिन्छन् । नेता कुर्मीको पहलमा क्षेत्र नम्बर २ र ३ मा थुप्रै सडक निर्माण तथा स्तरउन्नती गरिएको छ । यस्तै कृषिका लागि विभिन्न कामहरु भएका छन् ।
कुर्मीकै पहलमा बाँकेको साईगाउँ—मनिकापुर हुदै कोहलपुरको चट्टार  जोड्ने २४ किलोमिटर सडक कालोपत्र निर्माणको काम गरियो । यस्तै भन्सार रोडदेखी शिवपुरी सम्मको सडक,  विपी चोकदेखी साहदत्तपुर सम्मको सडक, वाटरपार्कदेखी बनियागाउँ—गुरुवागाउँ—बकसपुर हुदै छत्तरपुर सम्मको कालोपत्रे, तेजनगरदेखी जुगुनभरिया हुदै खजुरारोड जोड्ने सडक, खजुरा खुर्दको नहर हुदै गिजरा गाउँ हुदै लाईनपुर सम्मको सडक, जोगागाउँदेखी बढैया सम्मको सडक, परस्पुरदेखी गौघाट सम्मको सडक, आर्दश नगरदेखी साईगाउँ सम्मको सडक कालोपत्रे गर्नमा कुर्मीको  योगदान रहेको छ ।
यसैगरी परस्पुरदेखी राधापुर सम्मको सडक कालोपत्रे गर्नका लागि पनि कुर्मीले नै डिपिआर तयार गर्न लगाएका थिए । यसका साथै उनले सामाजिक कामको रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुरमा ज्ञान सागर उच्च माध्यामिक बिद्यालय स्थापनादेखी प्लसटु कक्षा सञ्चालन गर्न सफल भएका थिए ।
यस्तै जोगागाउँ  र गुरुवा गाउँमा रहेका दुई वटा ताललाई पर्यटकिय स्थलको रुपमा विकास गर्न ताल संरक्षणका लागी आवश्यक बजेट विनियोजन गरे । नेपालगन्जमा ‘कुमोदबोध’ नामक चक्रपथ (२७ किमी) निर्माणका लागी उम्मेदवार कुर्मीले नै विशेष पहल गरेका थिए । यसअघिका सांसदको ईच्छाशक्ती नहुँदा उक्त चक्रपथ निर्माण योजना कार्यान्वयनमा आउन सकेको छैन ।
कुर्मीले आफ्नो राजनीतिक यात्राका क्रममा विकासका लागि ग्रामिण र शहरी क्षेत्रमा धेरै योगदान गरेका छन् । खजुरामा सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल निर्माण गर्नका लागि स्थानीय बासिन्दाले गरेको प्रयासलाई अझ सार्थक बनाउन स्वर्गिय सुशिल कोईरालामार्फत संघिय सरकारबाट बार्षिक रुपमा करोडौं बजेट विनियोजन गराउन सफल भएका थिए । यस्तै नौवस्तामा औद्योगिक क्षेत्र स्थापना गर्न पनि कुर्मीले योगदान गरे । पिछडिएको क्षेत्रमा कृषि, शिक्षा, स्वास्थ्य, बिद्युत विस्तारका लागि उनले गरेको योगदान अविष्मरणीय छ ।
२०१५ साल असोज १५ गते साविक परस्पुर गाविसमा जन्मेका कुर्मीले आर्दशनगरमा रहेको सरकारी बिद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका थिए । कक्षा ६ देखी ९ सम्मको पढाई भने उनले नेपालगन्जस्थित मंगलप्रसाद माध्यामिक बिद्यालयमा गरे । कुर्मीले त्यसपछिको पढाई भने भारतबाट पुरा गरेका थिए । रुपैडिहास्थित रामजानकी कलेजबाट एसएलसी र प्लस टु उर्तीण गरे ।
२०३६ सालको जनमत संग्रहमा जब उनी सहभागी भए, त्यसपछि उनलाई राजनीतिको नसाले छोयोे । ‘गाउँघरका सबैले मलाई राजनीतिमा लाग्नुपर्छ भनेर सल्लाह सुझाव दिनुभयो, त्यसपछि मैले आफुलाई राजनीति क्षेत्रमा उभ्याउने प्रयास गरेको हुँ,’ विगतलाई सम्झिदै उनी भन्छन् । फलस्वरुप, २०४३ सालमा पञ्चायत विरुद्ध नेपाली काँग्रेसका तर्फबाट कुर्मी चुनाव लडे । तर, झिनो मतले उनी पराजित भए । त्यसपछि उनले आफुलाई राजनीतिमा झनै सक्रिय बनाए ।
२०४६ सालको जनआन्दोलनमा उनी सक्रिय रुपमा सहभागी भए । ‘आन्दोलनका क्रममा त्यतिबेला मेरा हात भाँच्चिएको थियो, तरपनि मैले हार खाएन, झनै उत्साहित भए,’ कुर्मी भन्छन् । उनी २०४९ र २०५४ सालमा दुई पटक नेपाली काँग्रेसको तर्फबाट साविक परस्पुर गाबिसको अध्यक्षमा निर्वाचित भए । गाविस अध्यक्ष हुँदा उनले आफ्नो ठाउँमा गरेको विकास निर्माणको कामको स्थानीय स्तरमा अहिले पनि प्रशंसा हुन्छ ।
स्थानीय निकायमा दुई पटक अनुभव लिईसकेपछि उनले पार्टीको जिल्ला स्तरमा आफ्नो पहुँच बढाए । जिल्ला सदस्यबाट कार्यसमितिमा छिरेका नेता कुर्मी २०६२÷६३ मा काँग्रेस बाँकेको कार्यबाहक सभापति समेत भएर काम गरे । पार्टीमा अहिले सम्म ६ पटक महाधिवेशन प्रतिनिधी तथा महासमिति सदस्य भईसकेका उनी १४ औं महाधिवेशनमा काँग्रेस बाँकेको सभापति पदको उम्मेदवार भएका थिए ।
२०४८ र २०५६ सालमा काँग्रेसको किल्ला बनेको बाँके क्षेत्र नम्बर ३ मा २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा संघिय संसदको उम्मेदवार बनेपनि तत्कालिन बामगठबन्धनका उम्मेदवारलाई कडा टक्कर दिदै झिनो मतले पराजित भए । काँग्रेस नेता कुर्मी यसपटक चुनाव जित्ने कसरतमा छन् । क्षेत्र नम्बर ३ मा पछिल्लो समयमा काँग्रेसले आफ्नो संगठनलाई बलियो बनाउँदै लगेको छ । त्यसमाथी पाँच दलिय गठबन्धन पनि बनेको छ । अघिल्लो पटक चुनाव हारेको उम्मेदवार भएकाले कुर्मीले केही सहानुभुती मत पनि प्राप्त गर्ने भएकाले यसपटक जित्ने आधार बलियो बनेको विश्लेषण गरिएको छ ।
दुई पटक समानुपातिक सभासद भएर काम गरिसकेका कुर्मीको जोस, जाँगर र उत्साह अहिले पनि कायमै रहेको छ । शालिन ब्यक्तित्व र विकासका कर्मठ नेता कुर्मी विरुद्ध लागेर केही ब्यक्ती र संस्थाले बद्नाम गर्न खोजेपनि अन्ततः उनीहरुको सिप चलेन् । कुर्मी आफ्नो क्षेत्रमा कत्तिको लोकप्रिय ब्यक्ति हुन्, भन्ने कुरा खजुरा, जानकी, परस्पुर र जैसपुरका टोल टोलमा पुगेर बुझ्दा थाहा हुन्छ । निर्वाचन जितेपछि संबिधानको रक्षा र कार्यान्वयन, बाँके प्रदेश सभा ३ (२) क्षेत्रमा सडक, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसायको विकास गर्ने कुर्मीले खाका कोरिसकेका छन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवार किशोरसिंह राठौंर अत्यधिक मत बिजय हुने

बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवार किशोरसिंह राठौंर अत्यधिक मत बिजय हुने

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: