No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

संघर्षको भट्टीबाट जन्मिएका एकजना आशा एवं भरोसायोग्य युवा नेता सीबी साह

संघर्षको भट्टीबाट जन्मिएका एकजना आशा एवं भरोसायोग्य युवा नेता सीबी साह

चतुर्भुज केवरत
समान्यतः युगमा जन्मिने मान्छे युगसंगसगैं बिलाउँछन् तर
युग जन्माउने मान्छे युगौँ-युगसम्म पहिचान बनाउँछन् ।

भनिन्छ, वास्तविक नेता कुनै विरासतबाट नआएर समय र परिस्थितिको माग अनि सङ्घर्षको उपज हुन्छन् । संघर्ष र परिवर्तन रूपी आँधीबेहेरीबाट जन्मिन्छन् । त्यस्तै सङ्घर्षको आरनबाट खारिएर निस्किएका एकजना युवा नेता हुन् सीबी साह ।

बाल्यकालदेखि नै पढाई-लेखाई होस् वा अन्य कुनै संघर्षको मैदान अथवा समुह निर्माण गरी नेतृत्व प्रदान गर्ने सवालमा नै किन नहोस् सीबी साह जहिले पनि अग्रभागमा रहेर काम गर्न उत्सुक रहन्थें । समान्य परिवारमा जन्मेका साह किशोर अवस्थादेखि नै विभिन्न अभाव र दबावका बीच हन्डर ठक्कर खाँदै समाजका सिमान्तकृत बञ्चित एवं विपन्न वर्ग र कमजोर तथा आवाज विहिनहरुको बुलन्द आवाज बनेर सर्वसाधारण जनतामाझ लोकप्रिय हुन सफल भएका छन् । त्यसैले, हामी सहजै भन्न सक्छौं, समाज, देश र जनताको सेवा गर्न राजनीतिमा होमिएका एक कुशल, बौद्धिक, बदलाव एवं विकासप्रेमी युवा व्यक्तित्व हुन् सीबी साह ।

सर्लाही जिल्लाको ईश्वरपुर-२ राईटरखोरमा जन्मेका सीबी साहको पुरा नाम भने चन्द्र भूषण साह हो । खाउँ खाउँ लाउँ लाउँको कलिलो उमेरमा सकसपूर्ण युवा-विद्यार्थी राजनीति गर्दै राष्ट्रिय राजनीतिमा होमिएका सीबी साह एउटा कुशल समाजसेवी, सहासिक योद्धा र दूरदर्शी राजनीतिक चिन्तक समेत हुन् । समाजमा जरजर गरीबी, अभाव, असमानता, विभेद, पछौटेपन र कथित ठुल्ला बडा भनाउदाहरुको अन्याय, अत्याचार, शोषण, दमन र उत्पीड़नलाई नजिकबाट हेरेर हुर्केका सीबी साहभित्र सानै उमेरदेखि आलोचनात्मक चेत सहितको विद्रोही स्वभाव विकास हुन पुग्यो । जसकारण उनले राजनीतिलाई नभई राजनीतिले उनलाई छनौट गरेको कुरा सहजै बुझ्न सकिन्छ ।

श्री सरस्वती मा.वि. भक्तिपुरबाट स्कुली शिक्षा पुरा गरेका सीबी साह त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य, कानून तथा राजनीति शास्त्रका अध्ययन समेत गरेका छन् । उमेरका हिसाबले भरखर तीन दशक पार गर्न लागेका सीबी साहको नेतृत्व एवं संलग्नता भएका सामाजिक तथा राजनीतिक आन्दोलनहरु र विभिन्न संघ संस्थाको आबद्धताको सूची हेर्ने हो भने लामो रहेको छ । सादा जीवन उच्च विचारलाई आफ्नो जीवनको आदर्श मान्ने सीबी साह देशमा सामाजिक न्याय, सुशासन, बदलाव, विकास र समृद्धिका पक्षमा निरन्तर खुलेर नै बहस तथा पैरवी गर्ने गर्छन् ।

“सबके साथ सबके हात तब जाके होतै अप्पन सर्लाहीके विकास”लाई आफ्नो राजनीतिको मूल मन्त्र ठान्ने चन्द्र भूषण साह, सर्लाहीका सम्पदाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्न लागी परेको तथा सर्लाहीको पहिचान, सम्मान र श्रेष्ठता स्थापित गर्न सर्लाही जिल्लामा मधेश प्रदेशको स्थायी राजधानी एवं प्रशासनिक केन्द्र र अन्तर्राष्ट्रिय ट्रान्जीट हब स्तरको एरपोर्ट निर्माण जस्ता दीर्घकालिक रणनीतिक महत्वको परियोजनाहरु लागू गराउनु पर्ने अभियानका नेतृत्व समेत गर्दै आएका छन् । यी र यस्ता अभियानहरुलाई सार्थक रुपमा सफल बनाउन कुशल नेतृत्व संगसगैं आम जनताको अपार जनविश्वास एवं जनसमर्थन समेत अपरिहार्य हुने युवा नेता सीबी साहको तर्क रहन्छ ।

सरल स्वभावका प्रस्ट वक्ता सीबी साह युगले जन्माएका एक असल योद्धा हुन् । विपन्न वर्गको मुक्तिका लागि उनको चट्टानी अडान वास्तवमैं सराहनीय देखिन्छ । संसारको ईतिहासलाई पल्टाएर हेर्ने हो भने पनि यस्तै संघर्षशील युवा नेताबाट नै समाज र राष्ट्रमा आमूल परिवर्तन भएको पाइन्छ । सर्लाहीको विभिन्न स्थानीय समस्याहरु समाधानका लागि कटिबद्ध भएर लागी परेका सीबी साह सिमान्तकृत बञ्चित समुदाय तथा मेहनतकश मजदूर एवं सर्वहारा वर्गका नेता हुन् । यस्ता शशक्त र संघर्षशील युवा केवल समय अनुसार मात्र चल्ने नभई युगलाई नै आफ्नो अनुकूल हिँडाउन सक्ने सामर्थ्य समेत राख्दछन् । उनले, उत्पीडित एवं कमजोर वर्गको मुक्तिका लागी आफ्नो सारा जीवन नै समाज, देश र जनताका नाममा समर्पण समेत गरेका छन् । त्यसैले, हामी सहजै भन्न सक्छौं, सीबी साह संघर्षको रापिलो भट्टीबाट जन्मिएर नयाँ युग जन्माउन सक्ने सर्वहारा वर्गका एक आशा एवं भरोसा योग्य युवा नेता हुन् ।

यसपालिको चुनावमा उनै सीबी साहले सर्लाही निर्वाचन क्षेत्र नं. १ (१) बाट लालटिन छाप लिई प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post

Top 5 Best MBTI Sito di incontri e applicazione valutazioni in 2020

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: