सनिउल्ला धोबी। कपिलवस्तु- नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले कपिलवस्तुमा भएको सवारी आगलागीको जिम्मा लिएको छ । नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त सिंह शाहले निर्वाचन बहिष्कार गर्ने उदेश्यले सवारी साधनमा आगजानी गरेको बताउनुभयो ।
गएराती मोर्चाले चन्दौटा–कृष्णनगर सडक अन्तरगत जावाभारी र बहादुरगंज क्षेत्रमा २ ट्रक र १ मोटरसाइकलमा आगजानी गरेको हो ।जलाएको ट्रक नजिकै मोर्चाको पर्चा समेत भेटीएको छ ।
मोर्चाका संयोजक शाहले निर्वाचन बहिष्कार, एमसिसि खारेज गर, नागरिकता विधेयक पारित गर, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनु पर्ने, पुर्ण सामनुपातिक निर्वाचन प्रणाली लागु गर, धर्म निर्पेक्ष खारेज गरी हिन्दु धर्म लागु गर लगायतका माग राखी संर्घषका कार्यक्रम सुरु गरेको बताउनु भयो ।
उहाले भन्नुभयो “हामीले निर्वाचन विथोल्नुका साथै हामो निसानामा नेताहरु रहेका छन ।” नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले सावारी साधन आगलागी गरेपछी यस क्षेत्रका नागरिक त्रसित भएका छन ।
आगजानी गर्ने नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको कार्यकर्ताहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।