एजेन्सी – रुसको एउटा विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा बालबालिकासहित कम्तीमा १३ जना मारिएका छन् । उक्त घटनामा २१ जना घाइते भएको रुसी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । मारिनेमा ७ बालबालिकाका रहेका छन् ।
केही भिडियोमा कक्षाकोठामा रगत‚ झ्याल तथा भवनमा गोलीले पारेका प्वालहरू देखिन्छ । रुसी अधिकारीहरूले मारिनेमा ७ जना विद्यार्थी र दुई सुरक्षाकर्मी तथा दुई शिक्षक रहेको जनाएका छन् ।
स्थानीय सांसदले आक्रमणकारीको पहिचान हुन नसकेको बताएका छन् ।















