काठमाडौं । डा. गोविन्द केसी आजबाट पुनः अनसनमा बस्ने भएका छन् । अनसन बस्नका लागि केसी धनगढी प्रस्थान गरेको उनका सहयोग प्रितम सुवेदीले जानकारी दिए । यसअघि भएको माग सम्बोधन नभएको भन्दै केसी पुनः अनसन बस्न लागेका हुन् ।
क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने लगायतका उनका मागहरु रहेका छन् ।
केसीले १२ भदौमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए । उनले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका थिए ।











