रौतहट – लोसपा नेता नवल किशोर साहले रौतहटको राजदेवी नगरपालिकाका लागी लोसपा निकट मेयर पदका लागी उमेदवारी दिएका हुन्।

बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। भोट माग्दै भने केहि वर्ष विरामी भएर अब ठिक भए हाम्रो नागरपालिकामा देखिएको वैधानीक भ्रष्टाचार र अवैधानीक भ्रष्टाचार निरमुल गर्ने छु । जनता संग बाचा अनुसार काम गर्छु । जनताको गुनासो र जनअपेक्षा अनुसार बिकास निर्माणको काम अगाडि बढाउने छु ।

सर्वसाधारण जनताको भावना अनुसार कामहरु अगाडी बढाने उनले बताए। आउने निर्वाचनमा जनताले बिजय गरायो भने मेरो मुख्य एजेन्डा शिक्षा स्वास्थ र कृषि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । मेरो चुनावी माहोल ठिक छ जनताले मुल्यांकन गरेको छ,आफुलाई जनताले बहुमतले जिताउनु हुन्छ पुर्ण बिस्वस्त रहेको बताए।












