No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

स्थानीय निर्वाचन : मिर्चैयामा विवादै विवादमा अन्य दल, कांग्रेसको जित सुनिश्चित

स्थानीय निर्वाचन : मिर्चैयामा विवादै विवादमा अन्य दल, कांग्रेसको जित सुनिश्चित

सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा मूख्य दलमा देखिएको विवादले नेपाली कांग्रेसलाई फाइदा हुने देखिएको छ । यहाँको मुख्य प्रतिस्पर्धी दल माओवादी केन्द्र र जसपामा चरम आन्तरिक विवाद छ ।

मिर्चैया नगरपालिकाको अहिले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र दुई खेममा विभाजित छ । माओवादीमा यहाँ एउटा गुटको नेतृत्व मिर्चैयाका निवर्तमान मेयर श्रवण कुमार यादवले गरिरहेका छन् भने अर्को खेमाको नेतृत्व प्रदेश सांसद दिलीप साहले गरिरहेका छन् ।

मिर्चैयाको मेयरका रुपमा पाँच वर्ष बिताइसकेका यादवप्रति सर्वसाधारणमा व्यापक असन्तुष्टि छ । त्यसमा पनि झन् पार्टीले उनैलाई टिकट दिएपछि पार्टीभित्रै व्यापक विवाद देखिएको छ । आसन्न ३० गतेको निर्वाचनमा असन्तुष्ट खेमाले उनलाई सहयोग नगर्ने देखिन्छ ।

जसपाको विवाद पनि उत्कर्षमा छ । जसपाबाट मिर्चैयाको मेयरमा रामकुमार मण्डल चुनावी प्रतिस्पर्धामा छन् । यसअघि मेयरमा चुनाव लड्ने चर्चामा रहेका जसपाका स्थानीय नेता रामदयाल यादवले समेत उम्मेदवारी दिएपनि पार्टीले मण्डललाई आधिकारिकता दिएपछि यादवको खेमा चुनावी गतिविधिबाटै निस्क्रिय जस्तै छन् ।

जसपामा मण्डलभन्दा यादव बढी जनाधार भएका नेता मानिन्थे । तर, पार्टीले अन्याय गरेको ठहर गरेको सो खेमाले मण्डललाई नसघाउने निश्चित छ । अब कुरा गरौं कांग्रेसको । कांग्रेस यसअघिको स्थानीय निर्वाचनमा मिर्चैयामा दोश्रो दल बनेको थियो ।

चुनाव आफ्नो पोल्टामा पार्ने विश्वाससहित चुनावमा होमिएपनि उसले जित हात पार्न सकेन । तर, यसपालि कांग्रेसले विगतलाई बिर्सेर एकढिक्का भई चुनावी गतिविधि गरिरहेको छ । कांग्रेसले विगत पाँच वर्षमा आफूलाई यहाँ सांगठनिक रुपमा पनि बलियो बनाएको छ ।

यसकारण फ्रेस भएर निर्वाचनमा होमिएको कांग्रेसलाई यसपालिको निर्वाचनमा यहाँ चौतर्फी फाइदा हुने देखिन्छ । कांग्रेसले मिर्चैयाको मेयरको उम्मेदवारका रुपमा यसअघिको निर्वाचनमा समेत उम्मेदवार बनेका सीताराम यादव र उपमेयरको उम्मेदवारका रुपमा यस क्षेत्रका कांग्रेसका स्वर्गीय नेता मिश्री साहकी बुहारी तथा मिर्चैया ६ का वडाध्यक्ष देवकृष्ण साहकी पत्नी अनिता साहलाई उम्मेदवार बनाएको छ ।

नगरपालिकालाई शान्त, सुरक्षित र विकसित गर्ने योजना आफूहरुसँग मात्रै भएको र यो काम आफूहरुले मात्रै गर्न सक्ने दावीसहित चुनावी गतिविधिमा व्यस्त कांग्रेसी नेताहरु यसपालिको निर्वाचनमा आफूहरू जनताबाट अनुमोदित हुनेमा ढुक्क देखिन्छन् ।

नेकपा एमालेको संगठन यहाँ मजबुत रहेको देखिँदैन । राप्रपा पनि सांगठनिक रुपमा कमजोर छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

प्राध्यापक र कर्मचारीको राजनीतिक संलग्नतामाथि आयोगको कडा अनुगमन

Next Post
जनकपुर विमानस्थल सुरक्षाको जिम्मा नेपाली सेनालाई

जनकपुर विमानस्थल सुरक्षाको जिम्मा नेपाली सेनालाई

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: