जनकपुरधाम । केही दिनअघि मात्र नेकपा एमालेमा प्रवेश गरेका जनकपुरधामका एक वडाध्यक्ष पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–२ का निवर्तमान वडाध्यक्ष शिवकुमार साह (शिवु) ग्रेँसमा प्रवेश गरेका हुन् ।
उनलाई शनिबार नेपाली कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियारले पार्टी प्रवेश गराएका छन् ।
उनले साथमा आफ्ना केहि समर्थकलाई पनि काँग्रेसमा प्रवेश गराएका हुन् ।
करिब एक हप्ता अघि मात्र उनी एमालेमा प्रवेश गरेका थिए ।











