काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल टर्की गएका छन् ।
टर्कीको अंकारामा हुने इको क्लाइमेट सम्मेलनमा सहभागी हुन उनी सोमबार राति टर्किस एअरलाइन्सको विमान मार्फत स्तानबुल गएका हुन् ।
मार्च २९–३१ सम्म आयोजना हुने सम्मेलनमा सहभागी हुनका लागि नेपाल आइतबार राति १० बजे टर्कीतर्फ प्रस्थान गरेको बताइएको छ ।
नेपाल १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।











