No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

चीनलाई फकाउन पोखरा विमानस्थल उद्घाटनका लागि यसरी तयार भयो सरकार

चीनलाई फकाउन पोखरा विमानस्थल उद्घाटनका लागि यसरी तयार भयो सरकार

काठमाडौं- चिनियाँ विदेशमन्त्री तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौं ओर्लिँदैछन्। परराष्ट्र मन्त्रालय चिनियाँ विदेशमन्त्री वाङ यीको तयारीमा जुटिरहँदा पोखरा विमानस्थलमा पनि कामको चटारो बढेको छ। सरकारले बहुमतका साथ अमेरिकी सहयोग परियोजना एमसीसी संसद्‌बाट अनुमोदन गर्दै कार्यान्वयनमा अघि बढेपछि चीन तनावमा आएको हो।
चीनले एमसीसीलाई रोक्‍ने प्रयास नगरेको पनि होइन। अन्तत: विरोधमा रहेका दलहरुले पनि ब्याख्यात्मक टिप्पणी गर्दै संसद्‌बाट अनुमोदन भएपछि चीनले एक विज्ञप्ति जारी गर्दै नेपालमा एमसीसी पारित भएकोप्रति आफू जानकार रहेको प्रतिक्रिया दिएको थियो।
एमसीसी अनुमोदन भएलगत्तै चीनले नेपाल भ्रमणको तयारी थालेको हो। दक्षिण एसियाको एक साताको भ्रमणमा निस्किएका चिनियाँ विदेशमन्त्रीले एक दिन अफगानिस्तान र भारत भ्रमण गरे भने तीन दिन पाकिस्तानमा बिताए। त्यसैगरी तीन दिने भ्रमणका लागि भारतको नयाँ दिल्लीबाट शुक्रबार बेलुका काठमाडौं ओर्लिँदैछन्।
मुलुकमा अमेरिकी सहयोगले विकास परियोजना अघि बढ्ने सन्देश गइरहेको समयमा उक्त सन्देशरुलाई डाइभर्ट गर्न पोखरामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने भएको छ। चिनियाँ विदेशमन्त्रालयले पोखरा विमानस्थलको उद्घाटनको तयारी गर्न पनि नेपाल सरकारलाई दबाब दिएको थियो। नेपाल सरकारले काम अधुरै रहेको बताए पनि जति काम सकिएको छ, त्यति नै हस्तान्तरण गर्ने र उद्घाटन गरेर नेपालको विकासमा चीन पनि लागि परेको छ भन्‍ने सन्देश दिन चिनियाँ विदेशमन्त्री लागि परेका छन्।
राष्ट्रपति सी जिनपिङका विशेष दूत बनेर आउन लागेका विदेशमन्त्री वाङले चिनियाँ कम्पनीले काम समयमा नगर्दाको कुरा उठाउन चाहेनन्। बरु अधुरै काम अलपत्र छोडेर उद्घाटनका लागि तम्सिएका हुन्। विमानस्थलको निर्माण कार्य अझै सात प्रतिशत हुन बाँकी छ।
चीनले यसअघि अमेरिकाले नेपालमा जबरजस्ती कूटनीति चालेको आरोप लगाएको थियो। तर, अहिले अमेरिका, भारत र अन्य पश्‍चिमा मुलुकहरुलाई देखाउन निर्माण सम्पन्‍न नभएको परियोजनाको उद्घाटनका लागि आफैं जबरजस्ती कूटनीतिको प्रयोग गरिरहेको छ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
जनकपुरधाममा चीनसँग गरिएकाे सम्झाैता जलाइयाे

जनकपुरधाममा चीनसँग गरिएकाे सम्झाैता जलाइयाे

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: