राजविराज । आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि सरकारले देशभरबाट एक लाख म्यादी प्रहरीका लागि आवेदन माग गरेको छ । सोहीअन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीमा म्यादी प्रहरीका लागि आवेदन खुला गरिएपछि युवायुवतीको आकर्षण बढेको हो ।
आवेदन खुलेको पहिलो दिन विहानैदेखि युवायुवतीको राजविराजस्थित बालमन्दिरको मैदानमा घुइँचो लागेको छ । चर्को घाममा पनि लाइनमा लागेर युवायुवतीहरु आवेदन दिन थालेका हुन् । म्यादी प्रहरीको आवेदन यही चैत ११ गतेसम्म लिइने छ ।
देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै म्यादी प्रहरीमा आवेदन दिनेको आक्रर्षण बढेको छ ।











