No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

बिटक्वाइन सर्जक ‘सातोशी नाकामोतो’ बारे एलन मस्कको यस्तो मजाक

बिटक्वाइन सर्जक ‘सातोशी नाकामोतो’ बारे एलन मस्कको यस्तो मजाक

काठमाडौं । भर्चुअल मुद्रा बिटक्वाइनको सुरुवात कसले गर्‍यो, किन गर्‍यो र कहाँबाट गर्‍यो भन्ने विषयमा अहिले पनि उस्तै विवाद छ ।

जापानी नाम भएको व्यक्ति ‘सातोशी नाकामोतो’ ले बिटक्वाइन बनाएर प्रचलनमा ल्याए भन्ने कुरा रहेपनि आजसम्म ती व्यक्ति को हुन् र के साँच्चै जापानबाट नै हुन् त भन्ने विषयमा प्रश्न विद्यमान नै छ ।

त्यतिमात्र हाेइन, ती व्यक्ति कहाँ छन्, के गर्दै छन्, साथै सातोशी नाकामोतो एउटा व्यक्तिको नाम हो वा संस्था अथवा कुनै समुहको भन्ने विषयमा पनि अझै केही निश्चित भइसेकेको छैन ।

यो बीचमा विश्वका धनी व्यक्ति एलन मस्कले आफूले सातोशी नाकामोतो पत्ता लगाएको भन्दै आफ्नो ट्वीटरमा पोस्ट गरेका छन् । उनले बिना कुनै क्याप्सन अथवा अन्य कुनै विवरण एउटा फोटो पोस्ट गरेका छन् ।

उक्त फोटोमा विश्वका चारवटा ठूला कम्पनीको लोगो सहितको नाम छ । त्यहाँ उनले सबै नामको अगाडिका अक्षरमा गोलो चिन्ह बनाएका छन् ।

सबैभन्दा सुरुमा सामसङको लोगोमा अगाडिको ‘सा’ शब्दमा गोलो चिन्ह लगाइएको छ भने क्रमशः तोशिबाको ‘तोशि’, नाकामिचिको ‘नाका’ र मोटोरोलाको ‘मोटो’ । यी सबै गोलो चिन्हलाई मिलाएर हेर्ने हो भने यसको पूर्ण रुप ‘सातोशी नाकामोतो’ भन्ने हुन्छ ।

उनको यो ट्वीट अन्य प्रयोगकर्ताका लागि बहसको विषय बनेको छ । केहीले मस्क नै सातोशी नाकामोतो भएको बताएका छन् भने केहीले उनले यो ट्वीट मार्फत के कुराको संकेत गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन् ।

यो व्यङ्ग्यबाट बाहिर आएर हेर्ने हो भने सातोशी नाकामोतो भन्ने पात्र आज पनि गौण नै छ । नाकामोतोले सुरु गरेको बिट्क्वाइनले आज विश्वभर निकै नै चर्चा कमाइरहेको छ ।

उता बजारमा पनि यसको भाउ पनि अन्य क्रिप्टोकरेन्सीहरूको भन्दा धेरै माथि छ । उनले सन् २०१० को डिसेम्बर १३ मा बिट्क्वाइनटकमा आफ्नो अन्तिम म्यासेज छोडेका थिए ।

त्यस्तै उनले सन् २०११ को जनवरीमा आफ्नो अन्तिम ईमेल भेटिएको छ । केहील नाकामोतोको मृत्यु भइसकेको बताएका छन् भने केहीले यो कुनै एक व्यक्ति मात्र नभएर एउटा समूह नै भएको अनुमान गर्छन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

Next Post
त्रिभुवन आर्मी झापा गोल्ड कपको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी झापा गोल्ड कपको फाइनलमा प्रवेश

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: