No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

आनन्दराम पराजुलीको सनकले कांग्रेस मकवानपुरमा संस्थापनलाई क्षति


आनन्दराम पराजुलीको सनकले कांग्रेस मकवानपुरमा संस्थापनलाई क्षति

हेटौंडा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुर जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको घमण्डले संस्थापन पक्षलाई क्षति पुगेको छ ।

जिल्ला अधिवेशनमा सभापतिका आकांक्षी पराजुलीले आफुबाहेक अरुको नाममा सहमति हुन नदिंदा संस्थापन पक्षलाई मकवानपुरमा क्षति पुगेको हो ।

जिल्ला अधिवेशनको बुधबार विहान प्राप्त मत परिणाम अनुसार पदाधिकारीमा दुई उपसभापति, दुई सचिव र एक सहसचिव संस्थापक इतरका जयराम लामिछाने समूहले जितेको छ । सहसचिवमा संस्थापनबाट सभापति बुद्ध लामा पक्षका ताराचन्द्र बजगाई विजयी हुँदा पराजुली पक्ष शुन्य भएको छ ।

अधिवेशनका क्रममा संस्थापन पक्षबाट कार्यवाहक जिल्ला सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सचिव बुद्ध लामा र निवर्तमान नगरसभापति आनन्दराम पराजुली आकांक्षी थिए ।

आफ्नो पक्षमा ३ जना आकांक्षी भएपछि पार्टीमा लामो त्याग भएका लामिछानेलाई सभापति र दुईलाई उपसभापति बनाएर जाने प्रस्ताव प्रदेश सभापति इन्द्रबहादुर बानियाँले अघि सारेका थिए । यसलाई सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले समेत समर्थन गरेकी थिईन् ।

३ जनामध्ये सभापतिका आकांक्षी लामिछाने जस्तो लामो त्याग भएका सादगी नेतालाई सभापति बनाउँदा उपसभापति बन्न लामा सहमत भएका थिए । तर बानियाँ र उपाध्यायको सहमतिको प्रस्तावलाई लत्याउँदै आफु अघि बढिसकेको भन्दै निरन्तरता र नेतृत्वले बनाएको मर्यादाको मापदण्डलाई उल्लंघन गर्दै केही अपरिपक्व नेता भनाउँदाहरुको उक्साहटमा पराजुलीले आफु नै उम्मेदवार बन्ने अडान राखे ।

सहमति र संस्थापन पक्षको एकताका लागि लामाले आफुले अर्को अघिवेशनमा समेत सभापतिको उम्मेदवार नबनी पराजुलीलाई नै सहयोग प्रतिवद्धता जनाएर पराजुली र आफु उपसभापति बन्ने प्रस्ताव अघि बढाउन आग्रह गरेका थिए ।

तर शुरु देखि नै ‘मेरो ब्याक गियर छैन’ भन्दै हिडेका पराजुलीले पार्टी सहमहामन्त्री उपाध्याय र प्रदेश सभापति बानियाँको सहमतिको प्रस्तावलाई अटेर गर्दै ‘चेन अफ कमाण्ड’ तोडेर उम्मेदवारी दिए । त्यसको परिणाम स्वरुप पराजुली आफु त पराजित भए नै आफ्नो पक्षमा लागेका सहयोगी र समर्थकको भविष्यलाई समेत अन्यौल बनाएको कांग्रेसजनको भनाई छ ।

अधिवेशनमा संस्थापक पक्षका बुद्ध लामा सबैभन्दा बढि मत ल्याउन सफल भए भने पराजुली संस्थापक इतरका जयराम लामिछाने भन्दा १४ मत मात्रै बढि ल्याएर दोस्रो भए ।

सहमति नजुटेपछि संस्थापन पक्षले पहिलो चरणमा जसको बढि मत आउँछ उसलाई सघाउने भद्र सहमति गराएको थियो । तर त्यो सहमति पनि पराजुलीले नमान्ने बताएपछि उनलाई पहिलो चरणमा सहयोग गरेका सहमहामन्त्री उपाध्याय र संघीय सभापति दामोदर खनालले साथ छोड्ने चेतावनी दिए ।

पहिलो चरणमा नै विष्णु लामिछानेको उम्मेदवारी भए सोच्न सक्ने बताईसकेको संस्थापक इतर पक्षले समेत लामालाई सहयोग गर्ने देखेपछि गलेका पराजुलीले दोस्रो चरणमा बुद्ध लामालाई बाध्य भएर समर्थन गरेका थिए । त्यसपछि लामा जिल्ला सभापति निर्वाचित भए ।
‘सहमहामन्त्री उपाध्याय र प्रदेश सभापति बानियाँको सहमतिको प्रस्ताव मानेको भए पराजुली उपसभापति पनि हुनुहुन्थ्यो र उहाँको पछि लागेका सहयोगी र समर्थकहरुको पनि सुरक्षा हुन्थ्यो ।’–संस्थापन पक्षका एक नेताले भने–‘केही वडा अध्यक्ष र पार्टीका नेता भनाउँदाहरुले उहाँलाई उचालेर पछार्ने काम गरे, संस्थापन पक्षलाई पनि क्षति पुर्याए ।’
नगरसभापति हुँदादेखि नै पराजुलीलाई बानियाँले अघि बढाएका थिए । तर सहमतिका लागि बानियाँ र उपाध्यायले राखेको प्रस्तावलाई लत्याएर पराजुलीले दम्भ देखाउनु नै संस्थापन पक्षको हारको कारण भएको इमान्दार कांग्रेस कार्यकर्ताहरुको भनाई छ । हारपछि पराजुली पक्ष दोषारोपणमा उत्रिएको छ भने लामा सबैलाई मिलाएर पार्टी अघि बढ्ने योजना तयार गर्न थालेका छन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
डकुमेन्ट बिना टर्की पुगेका अफगानी आप्रवासीहरुलाई प्रहरीको त्रास

डकुमेन्ट बिना टर्की पुगेका अफगानी आप्रवासीहरुलाई प्रहरीको त्रास

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: