No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

शङ्खरापुरमा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क, कुन उपचारमा कस्तो सुविधा


शङ्खरापुरमा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क, कुन उपचारमा कस्तो सुविधा

काठमाडौँ-राजधानीको पूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । निःशुल्क स्वास्थ्य सेवाका लागि नगरपालिका र शाखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अस्पतालसँग वडा नं १ देखि ९ सम्मका नगरवासीलाई निःशुल्क तथा विशेष छुटमा स्वास्थ्य सेवा उपलब्ध गराइने सम्झौता पत्रमा उल्लेख गरिएको नगर प्रमुख रमेश नापितले बताउनुभयो ।

अस्पतालमा उपलब्ध सेवामध्ये सात स्वास्थ्य सेवा पूर्णरुपमा निःशूल्क र ११ स्वास्थ्य सेवामा ३० देखि ६० प्रतिशत छुट हुनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख नापित र अस्पतालको तर्फबाट निर्देशक डा.सन्तोषबिक्रम भण्डारीबीच नगरपालिकाको कार्यालयमा हस्ताक्षर भएको नगर प्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

यो सेवा आजैदेखि सुरु भएको उहाँले सुनाउनुभयो । समझदारी पत्रमा हस्ताक्षर गरेपछि नगरप्रमुख नापितले निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धता कार्यान्वयन भएको बताउँदै नगरवासीको सेवामा नगरपालिका दत्तचित्त भएर लागिपरेको सुनाउनुभयो । न्यून आम्दानी भएका र सामान्य स्वास्थ्य सेवा लिनबाट समेत बञ्चित भएका नगरवासी सम्झौताबाट लाभान्वित हुनेछन् । कोही पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित नहोउन् भन्नेमा नगरपालिका संवेदनशील रहेको बताउँदै आगामी दिनमा आफ्नो नेतृत्वमा थप लोक कल्याणकारी कार्यक्रम लिएर अघि बढ्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

कुन उपचारमा कस्तो सुविधा
सम्झौताअनुसार डेन्टल ओपिडी (कस्मेटिक बाहेक), जेनेरल ओपिडी, प्लास्टिक सजर्री (कस्मेटिक बाहेक), इमेर्जेन्सी, फिजियोथेरापी ओपिडी, ड्रेसिङ र नर्मल बेड निःशूल्क गर्ने सम्झौता भएको छ ।

यस्तै इन्भेस्टिगेशनअन्तर्गत ल्याव, एक्सरे, ईसिजी, युएसजीमा लागेको खर्चको ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । स्पेशल ओपिडीअन्तर्गत गाइनो, अर्थो, स्पाइन, साइकोलोजी, साइक्याट्री, इएनटीमा लागेको खर्चको ३० प्रतिशत छुटको व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । निःशूल्क तथा विशेष छुटमा गरिएको उपचार खर्च नगरपालिकाले अस्पतालाई भुक्तानी गर्नेगरी सम्झौता भएको हो ।

सम्झौता कार्यक्रममा नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, प्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, प्रशासन प्रमुख सुभद्रा पुडासैनी, नगर स्वास्थ्य प्रमुख विष्णु चापागार्इँ र अस्पतालको तर्फबाट सुजाता कोइरालाका स्वास्थ्य सल्लाहकार डा.राम भण्डारीलगायतको उपस्थिति थियो ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित

चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित

गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

पहिलो पटक यौन सम्पर्क गर्न कुन समय उपयुक्त हुन्छ !

पहिलो पटक यौन सम्पर्क गर्न कुन समय उपयुक्त हुन्छ !

देशभर फलिँदै डेंगु, यसबाट कसरी बच्ने ?

देशभर फलिँदै डेंगु, यसबाट कसरी बच्ने ?

Next Post
९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर

९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर

Leave a Reply Cancel reply

ताजा समाचार

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

देशभर कर्फ्यू आदेश जारी

देशभर कर्फ्यू आदेश जारी

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: