राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा मिटरब्याजी विरुद्ध ११४ वटा उजुरी दर्ता भएको छ । गृह मन्त्रालयले जारी गरेको सूचना भदौ ५ गते आइतबार सम्म मिटरब्याजी विरुद्ध उजुरी दिन आह्वान गरेको थियो ।
मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले ६ जनाको कार्यदल नै गठन गरेको छ । सप्तरीमा मिटरब्याजको धन्दा सञ्चालन गर्ने ११४ वटा उजुरी परेको सप्तरीका सिडियो जनार्दन गौतमले जानकारी दिए ।