No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

बेलायतमा बढ्दो महँगी : कुपोषणले अस्पताल भर्ना

बेलायतमा बढ्दो महँगी : कुपोषणले अस्पताल भर्ना

लण्डन : बेलायतमा दुई सन्तानकी आमा केली थमसन केही दिनअघि दोस्रोपटक अस्पताल भर्ना भइन्। आफ्ना दुई सन्तानलाई खुवाउन दिनमा एकपटक मात्रै खाना खाएपछि ती महिला कुपोषणग्रस्त भइसकेकी थिइन्। ४३ वर्षीया केली थमसनसँग आफ्नो परिवारलाई पालनपोषण गर्न हप्ताको ४० पाउण्ड मात्रै बजेट छ।

महँगीका कारण आउँदै गरेको जाडोमा भीख माग्न बाध्य हुने आशंका रहेको ती महिला बताउँछिन्। बर्कशायरमा बस्ने दुई सन्तानकी आमाले खाद्यान्नको बढ्दो मूल्यले आफू र आफ्ना छोराछोरीलाई खुवाउन गाह्रो भएको बताइन्। थमसनका १४ वर्षका छोरा र ११ वर्षकी छोरी छन्।

डेलीमेलको समाचार अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय (अफिस फर नेशनल स्ट्याटिस्टिक्स)को नयाँ तथ्याङ्कले बेलायतमा महँगी दर सन् १९८२ यताकै उच्च १०.१ प्रतिशत रहेको देखाएको छ। दिनमा एकपटक मात्रै खाना खाने भएकाले थमसनको तौल निकै घटेको छ। अवस्था निकै नाजुक भएकाले उनले खानेकुरा किन्न छोरीले जन्मदिनमा पाएको उपहार बेच्नुपरेको दुखेसो व्यक्त गरिन्। कुपोषणका कारण आफू दुईपटक अस्पताल भर्ना हुनुपरेको उनले बताइन्।

शरीरमा आइरनको कमी भएकाले रगत चढाउनुपर्ने उनको भनाइ छ। आर्थिक अभावले आवश्यक खाना खान नसक्दा कमजोरी भएको उनले बताइन्। टेलिग्राफका अनुसार जी ७ का सदस्य देशहरूमा बेलायतमा महँगीदर सबैभन्दा बढी छ। अमेरिका र जर्मनीमा महँगीदर ८.५ प्रतिशत रहेको छ भने जापानमा २.४ प्रतिशत छ। बेलायतमा दैनिक उपभोग्य वस्तुको मूल्य ३४ प्रतिशतसम्म बढेको तथ्यांकले देखाएको छ।

उनी भन्छिन्, ‘हरेक बिहान म उठ्छु र सोच्छु- हे भगवान्! फेरि… म योसँग घृणा गर्छु।’ के गरूँ भन्ने आफूलाई थाहा नहुने उनी बताउँछिन्। ‘हामीसँग केही छैन। लाग्छ‚ भीख माग्नुको विकल्प छैन’‚ उनी भन्छिन्। रिपोर्टका अनुसार ती महिला भन्छिन्, ‘मेरो निकै खराब अवस्था छ। जहिले पनि पसल जाँदा हरेक चिज महँगो भएको हुन्छ। मैले चोर्ने कुरा पनि सोच्छु तर म पक्राउ परेँ भने मेरा छोराछोरीलाई के होला भनेर डराउँछु।’

राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो तथ्यांकअनुसार विगत १२ महिनामा दूधको मूल्य ३४ प्रतिशतले बढेको छ। यसैगरी जैतुनको तेलको मूल्य २३.६ प्रतिशत, जामको २१.२ प्रतिशत र महको मूल्य १४.६ प्रतिशतले बढेको छ। ग्याँसको ९५.७ प्रतिशत‚ विद्युत्‌‌को ५४ प्रतिशत‚ इन्धनको ४३.७ प्रतिशत‚ बटरको २७.१ प्रतिशत‚ आलुको १५.७ प्रतिशत‚ अण्डाको १४.६ प्रतिशत‚ ब्रेडको ११ प्रतिशत‚ चामलको ६.७ प्रतिशतले मूल्य बढेको छ।

बेलायतमा प्रधानमन्त्रीको दौडमा महँगी मुद्दा पनि निर्णायक सावित हुन सक्छ। प्रधानमन्त्री पदका उम्मेदवार ऋषि सुनक र लिज ट्रसले महँगी घटाउने नयाँ वाचा गरिरहेका छन्।

छोरीका साथमा केली थमसन।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

दक्षिण कोरिया र जापानले उत्तर कोरियाको प्रक्षेपण निगरानीमा राख्यो

दक्षिण कोरिया र जापानले उत्तर कोरियाको प्रक्षेपण निगरानीमा राख्यो

मधेश प्रदेश : जाली रुपैयाँसहित चारजना पक्राउ

डिजिटल भ्रम फैलाएको आरोप, यूएईमा नेपालीसहित विभिन्न देशका १० जना पक्राउ

श्रीमती र छोरीको हत्यापछि प्रहरी चौकीमा आत्मसमर्पण

श्रीमती र छोरीको हत्यापछि प्रहरी चौकीमा आत्मसमर्पण

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

संयुक्त राज्य अमेरिकाको गोप्य सेवाले मार-ए-लागोमा प्रवेश गर्ने व्यक्तिलाई गोली हानी मार्यो, डोनाल्ड ट्रम्प सुरक्षित

हामीले जित्यौं : ट्रम्प

इरानले युद्ध अन्त्य गर्न कस्ता सर्तहरू राख्यो ?

इरानले युद्ध अन्त्य गर्न कस्ता सर्तहरू राख्यो ?

Next Post
राजदूतहरुको प्रतिनिधिमण्डल र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

राजदूतहरुको प्रतिनिधिमण्डल र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: