No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

कर्मचारीलाई थुनेर वडाध्यक्षले नै उपमहानगर कार्यालयमा ताला लगाएपछि…

कर्मचारीलाई थुनेर वडाध्यक्षले नै उपमहानगर कार्यालयमा ताला लगाएपछि…

वीरगञ्ज । ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ग को उपदफा १ को (ग) बमोजिम कार्यालयको सार्वजनिक सेवा प्रवाह अवरुद्ध हुनेगरि वडा नं ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले विना कारण, पूर्व जानकारी नदिई नगर कार्यपालिकाको कार्यालयको मूल गेटमा २०७९ साउन १८ गते दिउँसो २ः३० बजे तालाबन्दी गरी कर्मचारीहरुलाई कार्यालयमा थुनेर कार्यसञ्चालनमा बाधा पु¥याएकोले निजलाई कानुन बमोजिम कारबाहीका लागि अनुरोध छ ।’

उल्लेखित ब्यहोराको पत्र जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले बुधबार जिल्ला प्रशासन कार्यालय बारालाई पठाउनै लागेका थिए । तर वडा नं. ७ स्थित जीतपुरसिमरा कार्यपालिकाको कार्यालयको मूल गेटमा लागेको ताल्चा खुलेपछि उनले पत्रमा हस्ताक्षर गरेनन् ।

वडा नं. ७ का वडा अध्यक्ष गुप्ताले कार्यालयको मूल गेटमा तालाबन्दी गरेपछि बाध्य भएर कारबाहीका लागि प्रशासन गुहार्ने निधोमा पुगेको उनी बताउँछन् ।

‘नगर कार्यापालिकाको कार्यालय उहाँकै वडामा छ । नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारी उनले भने अनुसार चल्नुपर्छ जस्तो गर्छन । सुरुदेखि नै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुने, दादागिरी देखाउने गर्दै आएका छन्’ पौडेलले भने ‘आज निफ्रा बैंकका कर्मचारीहरु आउनुभएको थियो, पालिकाका विभिन्न क्षेत्रमा पूर्वाधारमा लगानी गर्न सकिने संभावित स्थानहरु घुम्दै थियौं, कार्यालयमा वडा अध्यक्ष गुप्ताकै नेतृत्वमा तालाबन्दी गरेको, कर्मचारीलाई भित्रै थुनेको खबर आयो । कारबाहीमा जानु नै पर्ने स्थिति भयो भनेर पत्र तयार गरेका हौं, पछि ताला खुलेपछि पठाएनौं ।’

वडा अध्यक्ष गुप्ताको अभद्र व्यवहारका कारण नगरपालिकामा बसेर काम गर्न सक्ने वातावरण नै नभएको उनी बताउँछन् । वडा अध्यक्ष गुप्ताले यसअघि पनि नगरपालिकाको कार्यालय अगाडि नै फोहोर ल्याएर थुपारिदिएको नगर प्रमुख पौडेलले बताए ।

नगर प्रमुख पौडेल माओवादीबाट निर्वाचित भएका हुन् भने वडा अध्यक्ष गुप्ता एमालेबाट । एमालेको बहुमत रहेको जीतपुरसिमरा उपमहानगरमा नगर प्रमुखलाई असयोग गर्ने नीति नै उसले लिएको छ । नगर सभाको अधिवेशनका क्रममा पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिले विभिन्न बहानामा असहयोग गरेका थिए ।

तर वडा अध्यक्ष गुप्ताले भने आफूले तालाबन्दी नगरेको दावी गरेका छन् । नगर मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख कार्यालयमा बसेर सेवा नदिएका कारण जीतपुरका जनताले कार्यालयमा तालाबन्दी गरेको वडा अध्यक्ष गुप्ताको भनाइ छ ।

‘नगरपालिकामा जसले जे गरे पनि सुनिल गुप्ताको नाम आउँछ । मेयर, उपमेयर, हाकिम कार्यालयमा नबस्ने, जनताको काम नहुने गरेपछि आक्रोशित जनताले तालाबन्दी गरेका हुन्’, उनले भने, ‘म त ताला लगाईसकेपछि पुगेको थिएँ ।’

फकिरा गिरी राजेश्वर गिरी माविको विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा एउटा पत्र लेख्नका लागि शिक्षा शाखामा १५ दिन धाउँदा समेत काम नभएको तितो अनुभव आफूसँग रहेको उनले बताए । गुप्ता स्वयं सो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छन् ।

‘वडा अध्यक्ष मै छु, विद्यालयको विकासका लागि के कसरी अघि बढ्ने सरसल्लाह गरौं भनेर समितिका सदस्यहरुलाई चार पटक पत्र काट्दा पनि आउनुभएन’, उनले भने ‘अब कसरी जाने त ? भनेर शिक्षा शाखासँग सल्लाह मागेको थिएँ, मेयरले तोक लगाइसकेका छन्, शिक्षा शाखाले पत्र नै बनाएर दिइरहेको छैन । वडा अध्यक्षलाई त यस्तो हैरान पार्छन भने जनतालाई के गर्छन ?’

वर्षायाम सुरु भईसकेको अवस्थामा सडकहरु मर्मतका लागि एक महिनादेखि जेसीबी माग्दा समेत नदिएको गुनासो उनको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
नेपाल एयरलाइन्सबाट मुम्बई जान लागेका शंकास्पद व्यक्ति सुन व्यवसायी

नेपाल एयरलाइन्सबाट मुम्बई जान लागेका शंकास्पद व्यक्ति सुन व्यवसायी

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: