No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

पशुपतिको जलहरीमा महालेखाले उठायो प्रश्न : ११ किलो सुन खै ?

महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा करिव ११ किलो सुनमाथि प्रश्न उठाएको छ । महालेखाले भनेको छ, ‘भक्तालुहरुले दिएको भेटी सोझै ज्यालामा प्रयोग हुनु गलत हो ।’


पशुपतिको जलहरीमा महालेखाले उठायो प्रश्न : ११ किलो सुन खै ?

काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा भएको अनियमिततामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिव डेढ वर्षदेखि अनुसन्धान गरिरहेको छ ।

जलहरी राख्ने क्रममा सुन गायव पारिएको र त्यसको ज्याला अनियमित रुपमा खर्च भएको विषयमा डेढ वर्षदेखि चलिरहेको अनुसन्धान टुंगोमा पुग्न सकेको छैन ।

यही बीचमा महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा अनियमितता भएको पुष्टि गरेको छ । उसले करिव ११ किलो सुन गायव भएकोमा प्रश्नमात्रै उठाएको छैन, जलहरी बनाउँदाको ज्यालामा पनि कानून विपरीत काम भएको निष्कर्ष निकालेको छ ।

गतवर्ष प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथको मन्दिर पुगेर दर्शन गरेका थिए र त्यसै क्रममा मन्दिरमा सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको घोषणा अनुसार मन्दिरमा चाँदीको साटो सुनको जलहरी राख्ने काम भएको थियो । त्यतिबेला पुरानो भएको जलहरीबाट पानी चुहिएको, चाँदीको पाता खिइएर सरसफाइ गर्दा चोट लाग्ने गरेको भन्दै पशुपति क्षेत्र विकास कोषले नयाँ जलहरी फेर्ने निर्णय भएको थियो ।

चौतर्फी विरोधका बाबजुद जलहरी निर्माणका लागि पशुपति क्षेत्र विकास कोषबाट १०८ किलो सुन खरिद गर्ने निर्णय भएको थियो । तर महालेखाले सबै गरेर ९६ किलो ८२२ ग्राम सुन मात्रै खपत भएको औंल्याएको छ ।

चौतर्फी विरोधका बाबजुद जलहरी निर्माणका लागि १०८ किलो सुन खरिद गर्ने निर्णय भएको थियो । त्यो सुनले जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायत आवश्यक सामान बनाइयो । कोषले १०३ किलो ७७३ ग्राम सुन किनेको भनी सर्वोच्च अदालतमा विवरण पठाएको छ । तर महालेखाले सबै गरेर ९६ किलो ८२२ ग्राम सुन मात्रै खपत भएको औंल्याएको छ ।

१२ फागुन २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी निर्माण गरी राखिएको भन्ने व्यानर नै तयार गरिएको थियो । पशुपति क्षेत्र विकास कोष सम्बद्ध स्रोतका अनुसार, जलहरी निर्माणका लागि करिव एक सय किलो सुन लाग्ने भएपनि १०८ किलो चाहिने भनी निर्णय भएको थियो ।

सुन कमलो हुने भएकाले त्यसमा अरु धातु र रसायनको समिश्रण गरियो । दुई किलो ८९० ग्राम तामा, एक किलो २४९ ग्राम चाँदी, १२ किलो ७५० ग्राम जिंक समेत गरी १०७ किलो ४९० ग्राम सुन कायम गरियो । १०८, १००८ जस्ता अंश शुभको प्रतिक मानिने भएकाले १०८ किलो सुन पुर्‍याइएको थियो ।

त्यसमा १० किलो ९७६ ग्राम सुन बचेको थियो । त्यतिबेलाको विनिमय दर अनुसार सुनको मूल्य सात करोड ८६ लाख ४६ हजार रुपैयाँ थियो । व्यापारीहरुसँग सुन किन्ने योजना बनेकोमा पछि सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र प्रकाशित गर्नुपर्ने भएपछि सोझै नेपाल राष्ट्र बैंकबाट सुन खरिद भएको थियो ।

सुन हराएको विषयमा प्रश्न उठेपछि अख्तियारले समेत छानबिन थाल्यो । सुनका बारेमा कुनै प्रतिक्रिया नदिएका कोषका पदाधिकारीहरुले चौतर्फी प्रश्न उठेपछि भने रिङ बनाएर पशुपतिनाथको मूर्तिलाई पेटी बनाएर बाँधिएको जवाफ दिएका थिए । त्यसपछि माइन्यूटमा ‘साथै बाँकी रहेको सुन पशुपतिनाथलाई पेटी र रिङ बनाएर चढाइयो’ भनी थपिएको छ ।

तर, उनीहरुले यो विषय मुचुल्का लगायत अरु कुनैपनि कागजातमा उल्लेख गरेका थिएनन् । महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।’

पशुपतिनाथ मन्दिरको जलहरी निर्माण गर्ने क्रममा अर्को अनियमितता पनि भएको छ । जलहरी निर्माण गर्न करिव एक करोड रुपैयाँ लाग्ने ‘स्टिमेट’ भएको थियो । एक करोड रुपैयाँको काम गराउन टेण्डर आह्वान गर्नुपर्ने थियो । त्यसरी टेण्डर गर्दा ढिलो हुने र अनुकुलका व्यक्ति पनि छान्न नपाउने भएपछि कोषका तत्कालिन सञ्चालक परिषदका अध्यक्ष एवं पर्यटनमन्त्री भानुभक्त ढकालले कोषबाट ज्याला नदिने निर्णय गराए ।

जलहरी बनाउँदा करिव ५५ लाख रुपैयाँ लाग्ने र त्यो काम प्रतिस्पर्धाविना गर्न नहुने भनेर कतिपय पदाधिकारीहरुले आवाज उठाएका थिए । त्यसपछि जलहरी निर्माणको रकम भक्तालुहरुले व्यहोर्ने र उनीहरुले नै सोझै भुक्तानी गर्ने भनी पर्यटनमन्त्री भानुभक्त ढकालले नै अर्को जुक्ति लगाए र त्यही अनुसार माइन्यूट तयार गरियो । परिषद बैठकले ‘सुनको जलहरी निर्माण कार्यको लागि आवश्यक ज्याला दाताहरुबाट सोझै कालीगढलाई भुक्तानी गर्ने व्यवस्था मिलाउने’ भनी निर्णय गरेको थियो ।

निर्णय अनुसार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले खर्च गरे । जलहरी निर्माण गर्दा कालिगढलाई भुक्तानी गर्नुपर्ने करिव ९५ लाख रुपैयाँ उनैलाई तिराइएको थियो । उनले ज्याला मात्रै तिरिदिएनन्, पशुपतिनाथको गर्भगृहमा आफ्नो नाम सहितको चाँदीको घडा समेत राख्ने सुविधा पाएका छन् । अनि विशेष पूजामा आएका ब्राम्हणहरुलाई दक्षिणा दिने लगायतका काममा पनि अनौपचारिक खर्च गरे, जसको कुनै हिसाबकिताब छैन ।

पशुपति क्षेत्र विकास कोषको आर्थिक प्रशासन नियमावलीले पशुपतिको भेटी आफूखुसी प्रयोग गर्न नपाइने व्यवसथा गरेको छ । नियमावलीको नियम ३ मा ‘दाताहरूबाट प्राप्त चन्दा अनुदान भेटीघाटी लगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्नुपर्ने’ व्यवस्था गरेको छ । मीनबहादुर गुरुङले दिएको रकम भेटी हुने र त्यो सोझै अन्यत्र भुक्तानी गर्नु गलत भएको महालेखाको प्रतिवेदनमा औंल्याइएको छ ।

‘दाताबाट प्राप्त नगद एवं जिन्सी आम्दानी खर्चको लेखांकन नभएकोले जलहरी निर्माणमा भएको खर्चको यथार्थ अवस्था यकिन हुन सकेन’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘रकम यकिन गरी कोषको खातामा आम्दानी बाँधिनुपर्दछ । प्राप्त चन्दा अनुदान भेटी लगायतको रकम कोषको खातामा जम्मा गर्ने व्यवस्था गरिनुपर्दछ ।’

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा महालेखा परीक्षकको कार्यालयका लेखापरीक्षकहरुले जथाभावी लेखेर प्रतिवेदन दिएको बताउँछन् । ‘खोज्यो भने किन भेटिदैन ? सबै कागजात भेटिन्छ । कागजात पेश गरेपछि र जलहरी त्यही छ भनेपछि महालेखाले के लेख्छ ? मतलबै भएन’ उनले भने, ‘जसलाई शंका लाग्छ, उ आएर जोख्ने हो । जोख्दै नजोखी सुन छैन, यो छैन, त्यो छैन भनेर लेखेर के अर्थ हुन्छ र ?’ उनले हेर्न खोज्ने व्यक्तिहरुलाई विहानै मन्दिरमा बोलाएर देखाउने गरेको बताए । थापा जलहरी निर्माणको बेलामा कोषको कोषाध्यक्ष थिए ।

महालेखाले लेखापरीक्षण गरेर औंल्याइसकेको विषयमा अख्तियार भने डेढ वर्षदेखि अनुसन्धानरत छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जलहरी निर्माणको विषयमा अहिले पनि अनुसन्धान चलिरहेको भन्दै थप विवरण थाहा नहुने बताए ।

‘यत्ति हो, त्यो विषयमा अहिले पनि आयोगमा अनुसन्धान चलिरहेको छ’ उनले भने, ‘अनुसन्धानरत विषयमा यो भन्दा बढी हामीलाई नै थाहा हुदैन ।’

कोषका सदस्य सचिव थापा जलहरी जोखेर मात्रै त्यसको तौल यकिन गर्न सकिने बताउँछन् । तर धार्मिक विधिपूर्वक मन्दिरको गर्भगृहभित्र स्थापना गरिएको जलहरी निकालेर जोख्नु अव्यवहारिक मात्रै होइन, असम्भवजस्तै रहेको जानकारहरु बताउँछन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
आफ्नै श्रीमतीको हत्या गरि शव खाल्डोमा गाडियो, श्रीमानसहित तीन जना पक्राउ

आफ्नै श्रीमतीको हत्या गरि शव खाल्डोमा गाडियो, श्रीमानसहित तीन जना पक्राउ

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: