No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

विराटनगर । नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजको व्यवस्थापन अन्ततः पार्टी नयाँ निर्वाचित समितिको हातमा आएको छ।

शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकसम्बन्धी आधिकारिक सूचना कांग्रेसकै फेसबुक पेजबाट सार्वजनिक भएपछि सामाजिक सञ्जालको नियन्त्रणसमेत नेतृत्व परिवर्तनसँगै सरेको संकेत देखिएको छ।

विशेष महाधिवेशनपछि पार्टीका विभिन्न गतिविधि भए पनि कांग्रेसको आधिकारिक फेसबुक पेज लामो समय देउवा समूहको प्रभावमा रहेको आरोप लाग्दै आएको थियो। सो पेजबाट प्रायः शेर बहादुर देउवा समूहका गतिविधि र सूचनामात्र प्रकाशित हुने गरेको भन्दै आलोचना पनि हुँदै आएको थियो।

पार्टी सभापति गगन थापा शुक्रबार (माघ ९)देखि केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्ने भएपछि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिइसकेका छन्। पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए।

विहीबार भने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आह्वानसम्बन्धी सूचना पार्टी सचिव प्रकाश शर्माद्वारा कांग्रेसको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो।सूचनाअनुसार केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन निर्देशनअनुसार अनुरोध गरिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको यो पहिलोपटक पार्टी कार्यालयमा बस्ने औपचारिक बैठक हो।

यसअघि विवादका कारण कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणलगायतका निर्णय पार्टी कार्यालयबाहिरैबाट गर्दै आएको थियो। पार्टी फुटको संघारमा पुगेको भन्दै आलोचना भइरहेका बेला पछिल्लो गतिविधिले कांग्रेस क्रमशः एकताबद्ध हुन खोजिरहेको संकेत देखिएको नेताहरू बताउँछन्।

विहीबार मात्रै मोरङको सुन्दरहरैंचामा आयोजित कार्यक्रममा नेता डा.शेखर कोइरालाले कांग्रेस एकताबद्ध भएर अगाडि बढिरहेको दाबी गरेका थिए। विशेष महाधिवेशनलाई स्वीकार गरिसकेका कोइराला निर्वाचनमा पनि सबै एक भएर जानुपर्ने पक्षमा दृढ देखिएका छन्।

वेबसाइट अझै पुरानै अवस्थामा

यद्यपि, कांग्रेसको आधिकारिक वेबसाइट भने अझै अद्यावधिक हुन सकेको छैन। वेबसाइटमा हाल पनि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङको नाम राखिएको छ। दुई महामन्त्री र सहमहामन्त्रीको एक पद रिक्त देखाइएको छ।

पौष ३० गते संस्थापन भनिएको समूहले गगन थापा, विश्वप्रकाश शर्मा र फमुल्लाह मन्सुरमाथि गरेको कारबाहीपछि उनीहरूको नाम वेबसाइटबाट हटाइएको थियो।

अदालतको आदेशको प्रतीक्षा

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई मान्यता दिएपछि देउवा–शेखर समूह सर्वोच्च अदालत पुगेको थियो। तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अदालतको अन्तिम आदेशको प्रतीक्षामा कांग्रेसका नेताहरू पुगेका छन्।
यसैबीच, देउवा–शेखर समूहले गगन थापाकै हस्ताक्षर भएको प्रतिनिधिसभा निर्वाचनको टिकट लिएको घटनालाई कांग्रेसभित्र एकताको सन्देशका रूपमा हेरिएको देखिन्छ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: