No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’


‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’

सुदूरपश्चिम। खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि किसान चिन्तित देखिएका छन् ।

गत जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म रोपिएको धान यतिबेला पाकेर खेतमा झुलिसकेको भए पनि वर्षा हुने सम्भावनाले भित्र्याउन नपाएको किसानले बताएका छन् । धनगढीका किसान वीरबहादुर रानाले भने, “दुई हप्ताअघि नै भित्र्याउने समय भइसकेको धानबाली खेतमा पाकेर झुलिसकेको छ, मौसमको भर नहुँदा काट्न पाइरहेका छैनौ । कतिपय गाउँमा काटेर सुकाइएको धान वर्षाले भिजेर क्षति गरेको छ ।”

वडादसैँपछि तिहार पर्व मनाउने तयारीमा रहेका किसानलाई खेतमा पाकेर पहेलपुर भएको धानबालीलाई आकाशमा बाँदल लाग्ने गरेकाले कतिबेला काट्ने भन्ने चिन्ताले सताएको हो ।

मनसुनी वर्षाले तीन दिन अघिसम्म देशको मध्य तथा पूर्वी क्षेत्रमा धनजनको ठूलो क्षति पु¥याउँदा सुदूरपश्चिम प्रदेशमा भने समान्य मौसम थियो । गएराति कैलालीसहितका जिल्लामा वर्षा हुँदा किसानमा थप चिन्ता बढेको छ ।

वर्षा गराउने मनसुन निष्क्रिय भइसके पनि स्थानीय वायुको प्रभाव यथावत रहँदा सुदूरपश्चिमका केही क्षेत्रमा वर्षा हुनसक्ने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयको छ ।

‘‘फूलपातीका दिन काटेर खेतमै सुकाइ राखिएको बाली राति परेको पानीले भिजाएर क्षति पुग्यो,’’ अर्का किसान लक्ष्मण चौधरीले भन्नुभयो, ‘‘आकाशमा बाँदल मडारिने क्रम रोखिएको छैन, यसले पाकेर झुलिसकेको धान काट्न नपाएर समस्या भइरहेको छ ।”

पछिल्ला केही वर्षदेखि धानबाली भित्र्याउने समयमै हुने वर्षाका कारण काटेर खेतमै सुकाइएको धान बालीमा क्षति पुग्ने गरेको छ । किसान मानबहादुर चौधरी भन्नुभयो, “केही क्षेत्रमा रोककिराको समस्या देखिए पनि अधिकांश जग्गामा यसपालि धान राम्रो फल्ने देखिएको छ । पाकेको धान काटौँ भने भिज्ने डर छ, नकाटौँ भने खेतमै बिग्रिने त्रासमा छौँ ।”

प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका सात जिल्लामा आपूर्ति हुने गरेको छ । कृषि विकास निर्देशनालयको तथ्याङ्कका अनुसार प्रदेशमा कूल एक लाख ८१ हजार तीन सय ९६ हेक्टर जग्गामा बर्खे धानखेती हुने कगरेको छ ।

यसबाहेक कैलाली, कञ्चनपुरमा चैते धानखेती हुने गरेको छ । सबैभन्दा बढी तराईको जिल्ला कैलालीमा ७२ हजार पाँच सय हेक्टर र कञ्चनपुरमा ४८ हजार चार सय ९० हेक्टर जग्गामा धानखेती हुने गरेको छ ।

पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा,बैतडी, बझाङ, दार्चुला,र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार चार सय छ हेक्टरमा यो खेती हुने गरेको छ । बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार तीन सय ५३ मेट्रिकटन हुन्छ । पछिल्ला वर्षमा धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको कृषि प्राविधिकको भनाइ छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
धानको बाला झुल्यो खेतैमा…(तस्विरहरु)

धानको बाला झुल्यो खेतैमा…(तस्विरहरु)

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: