No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

तत्काल सडक खुलाउन र पुनर्निर्माण गर्न सरकार तत्पर छ : कुलमान घिसिङ

तत्काल सडक खुलाउन र पुनर्निर्माण गर्न सरकार तत्पर छ : कुलमान घिसिङ

काठमाडौं। ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बर्षाका कारण बन्द रहेका सडक खुलाउने तयारी गरेको बताएका छन्।

दुई दिनको वर्षापछि भएको घटनाको बारेमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अब सडकहरू खोलिने बताएका हुन्।

त्यस क्रममा उनले सबैको सतर्कताले मानवीय क्षति कम भएको पनि बताए। वर्षातका कारण आएको बाढीका कारण ठूलो मानवीय क्षति नभएको स्पष्ट पारे।

वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माण गर्ने जानकारी दिए।

सावधानी अपनाउन आग्रह

यता, असोज १७, १८ र १९ गते देशभर भएको अविरल वर्षा र त्यसपछिका पहिरो तथा बाढीका घटनाका कारण देशका विभिन्न स्थानका सडकहरू अवरुद्ध भएकाले यसले यातायात सेवा प्रभावित पारिरहेको जनाइएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको छ।

प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार वर्षा र पहिरोका कारण देशका प्रमुख तथा सहायक सडकहरू बन्द हुँदा जनजीवन प्रभावित भएको छ। मन्त्रालयले घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, जोखिमयुक्त स्थानमा यात्रा नगर्न तथा आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई अनुरोध गरिएको छ।

सडक विभागले प्रमुख अवरुद्ध सडकहरू खोल्नका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरेको जनाएको छ। केही प्रमुख राजमार्गहरू खुलाउने कार्य तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ।

विशेषगरी, नारायणघाट–मुग्लिन सडक खण्डमा सवारी साधनको एकतर्फी सञ्चालन सुरु गरिएको छ भने अन्य सडकहरूमा पनि अवरुद्ध स्थान हटाइरहेको छ। यस्तै, पोखरा–मुग्लिन तथा भुलभुले–बेसीशहर सडकखण्ड पनि सुचारु गर्न आवश्यक कार्य भइरहेको छ।

सडक विभाग स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी लगायत स्थानीय निकायसँग समन्वय गरी सडक सुचारु गर्ने कार्यमा खटिएको छ।

नवीनतम जानकारीका लागि सडक विभागको आधिकारिक वेबसाइट वा तल दिइएको नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

विशेष महाधिवेशनको पक्षमा असोज २४ गतेभित्र हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह

विशेष महाधिवेशनको पक्षमा असोज २४ गतेभित्र हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह

धानको बाला झुल्यो खेतैमा…(तस्विरहरु)

धानको बाला झुल्यो खेतैमा…(तस्विरहरु)

‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’

‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’

मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै

मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै

सप्तकोशी नदीमा जलवहाव उच्च : ५६ ढोका खोलिए, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सप्तकोशी नदीमा जलवहाव उच्च : ५६ ढोका खोलिए, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

Next Post
मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै

मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै

Leave a Reply Cancel reply

ताजा समाचार

निरन्तरको वर्षाले जनकपुरधामसहित धनुषा र आसपासका जिल्ला जलमग्न (तस्विर)

निरन्तरको वर्षाले जनकपुरधामसहित धनुषा र आसपासका जिल्ला जलमग्न (तस्विर)

तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्‍याे पानी ?

तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्‍याे पानी ?

धनुषामा सञ्चारगृहमा पसेर आतंकित पार्ने प्रहरीको काम, पत्रकारलाई ईलाकामा लगेर धम्की

धनुषामा सञ्चारगृहमा पसेर आतंकित पार्ने प्रहरीको काम, पत्रकारलाई ईलाकामा लगेर धम्की

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: