No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

मधेशमा सामुदायिक विद्यालयमा शिक्षा अनुपातमा कमजोर : मुख्यमन्त्री सिँह


मधेशमा सामुदायिक विद्यालयमा शिक्षा अनुपातमा कमजोर : मुख्यमन्त्री सिँह

धनुषा । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिँहले मधेश प्रदेशमा विद्यार्थी र शिक्षक अनुपातमा व्यवस्थापनमा विभेद भएकाले पनि सामुदायिक शिक्षा कमजोर भएको बताएका छन् । उनले सत्तरीभन्दा बढी विद्यार्थीका लागि एक शिक्षक र आवश्यक विषयगत शिक्षक अभावले सामुदायिक विद्यालयको शिक्षणमा प्रतिकूल प्रभाव परिरहेको औंल्याए ।

मङ्गलबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेको नवनिर्मित छात्रवास “याज्ञवल्क्य सदन” को उद्घाटन गर्दै मुख्यमन्त्री सिँहले प्लस टु सम्मको व्यवस्थापन अधिकार स्थानीय तहलाई दिइए पनि पालिकाहरू विद्यार्थी–शिक्षक अनुपात मिलाउन चुकेको बताए । उनले पालिकाले प्राविधिक शिक्षा सबै क्षेत्रमा उपयुक्त हुने हुँदा प्राविधिक शिक्षालाई बढावा दिनुपर्ने बताएको छ । विद्यार्थी–शिक्षक अनुपात व्यवस्थापनमा कतिपय ठाउँ र अवस्थामा व्यक्तिगत स्वार्थपोषण गरिरहेको सुनाए ।

मुख्यमन्त्री सिँहले विद्यालयमा भौतिक रूपमा पठनपाठन गर्ने छात्रछात्रा नभए पनि कागजमा विद्यार्थीको सँख्या देखाएर छसात जना शिक्षक व्यवस्थापन गरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै विद्यार्थी अनुपातमा शिक्षक व्यवस्था हुनुपर्ने बताए ।

उनले प्लस टुसम्मको पढाइमा प्रदेश सरकारको भूमिका संकुचित तुल्याई संघ र स्थानीय तहमा अधिकार दिइँदा त्यस्तो अवस्था आएको उल्लेख गरे । उनले भने, ‘ प्रदेश सरकार विद्यालयको पूर्वाधार विकासमा मात्र योगदान गर्न सकिरहेको छ । शिक्षकको सँख्या बढाउन नसक्नेहरूले प्रदेशलाई अधिकार दिनुपर्छ ।’ उनले प्लसटुसम्मको शिक्षासम्बन्धी अधिकार प्रदेश सरकारमा ल्याउन कानुनी बाटो खोजिने पनि बताए ।

शिक्षाबिना विकासकार्य हुन नसक्ने भन्दै उनले प्रदेशमा व्यावसायिक तथा सीपमूलक प्राविधिक शिक्षामा जोड दिन सकिए आर्थिक रूपमा आत्मनिर्भर जनशक्ति विकास हुने बताए ।

मुख्यमन्त्री सिँहले प्रदेशको शैक्षिक स्तर उकास्न प्रदेश सरकारले प्रादेशिक शिक्षा नीति ल्याउने तयारी गरिरहेको बताए ।

उनले याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूपमा सँस्कृत, अँग्रेजी र नेपाली तीनवटा भाषिक माध्यममा तीनवटा फ्याक्लटीको पढाइ तीन सिफ्टमा भइरहेको र तिनमा सत्ताइस सयको हाराहारीमा विद्यार्थी पठनपाठन गरिरहेको सुखद भएको बताए ।

उनले विद्यालयमा शैक्षिक पार्क निर्माण तथा खेलकूद पार्क निर्माणजस्ता कार्य गरिने बताए । प्रदेशका केही जिल्लामा गरिने शैक्षिक पार्क निर्माणक्रममा ज्ञानकूपलाई पनि एउटा स्थलका रूपमा पहिचान गरिएको बताउँदै उनले धनुषा जिल्ला र वरपरका छात्रछात्रालाई नयाँ विधिबाट पढाइ गर्ने शैक्षिक पार्क निर्माणका लागि इस्टिमेट डिजाइन जस्ता प्राविधिक कार्य यथाशीघ्र सम्पन्न गरिने जानकारी दिए ।

कार्यक्रममा मधेश प्रदेशकी शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मा पनि उपस्थित थिइन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिनेशकुमार सिँहको अध्यक्षतामा भएको कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झालगायतका वक्ताले मन्तव्य राखेका थिए ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
परिवारका तीन सदस्य अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

परिवारका तीन सदस्य अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: