लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन । शैक्षिक गुणस्तर खस्किँदो विषयमा बहस भइरहेका बेला सप्तरीको खडक नगरपालिकाले शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।
सो नगरपालिकाको नगर प्रमुख जय प्रकाश चाैधरीको सहमतिमा तथा नगर शिक्षा अधिकृत बिरेन्द्र कुमार यादवको अध्यक्षतामा बिहीबार बसेको प्र.अ. हरूको बैठकले शैक्षिक गुणस्तर वृद्धिका लागि मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
शिक्षकहरूले विद्यालय समयभित्र मोबाइल प्रयोग गर्न नपाइने गरी निर्णय गरिएको र कडाइका साथ लागू गर्न परिपत्रसमेत गरिएको नगर शिक्षा अधिकृत बिरेन्द्र कुमार यादवले बताउनुभयो। उनले भने, ‘कक्षाकोठामा प्र.अ. को अनुमतिलिई प्रयोग गर्न पाउने बाँकी समयमा साईलेन्ट मोडमा मोबाइल अफिसमा राख्नु पर्ने बताए । ” विद्यालयमा हुने नियमित अनुगमनको क्रममा यदि कुनै शिक्षकको साथमा मोबाइल फेला पर्यो, भने तलब कटा हुने गरि कार्वाही हुने समेत बताए ।
विद्यार्थी र शिक्षकले अफलाइन भिडियो हेर्ने, गीत सुन्ने, मिलेसम्म मोबाइल गेम खेल्नेजस्ता क्रियाकलाप बढेको र त्यसले शिक्षण सिकाइमा प्रभाव पारेको ठहर गर्दै मोबाइल प्रयोगमा प्रतिबन्ध लगाएकाे नगरपालिकाले जनाएको छ ।
खडक नगरपालिकाले शैक्षिक सुधारका लागि प्राथमिकतहमा अंग्रेजी माध्यम समेत लागु गरि सकेका छन् ।