राजविराज । झण्डै अढाई महिनाअघि सप्तरीको कंचनरूप नगरपालिकामा एक महिलाको मृत्यु भएको प्रकरणमा एक जना पक्राउ परेका छन् ।
प्रहरीको लामो अनुसन्धानपछि कंचनरूप नगरपालिका वडा नम्बर ८ का पप्पु भनिने संजिव साहलाई यस प्रकरणमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहलाई सोमबार सप्तरी जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अन्य अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।
९ जेठको राति साढे ८ बजे मन्दिरबाट पूजा गरेर आउने क्रममा दक्षिणबाट उत्तरतर्फ गइरहेको मोटरसाइकलले कञ्चनपुर–फतेपुर सडक खण्डमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । ठक्करबाट ‘सिभियर ब्रेन इन्जुरी’ भई अस्पताल भर्ना गरिएकी जयमालाको उपचारका क्रममा गत १५ जेठमा विराटनगरमा मृत्यु भएको थियो ।
ठक्कर दिने व्यक्तिको खोजी गर्न मृतकका छोरा डा. तुलाकृष्ण गुप्तासहितका परिवारजन निरन्तर प्रहरी समक्ष अनुरोध गर्दै आएका छन् ।











