No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

जिल्ला कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख महासेठको मिलोमतोमा १० करोड भन्दा बढी ठगेर फरार भए कार्यालय सहयोगी कर्ण

जिल्ला कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख महासेठको मिलोमतोमा १० करोड भन्दा बढी ठगेर फरार भए कार्यालय सहयोगी कर्ण

सिरहा । सिराहाको एक सरकारी कार्यालयमा प्रमुख कै मिलोमतोमा करार सेवामा कार्यरत कार्यालयका सहयोगीले सेवाग्राहीसँग अनुदानको ट्याक्टर मिलाइदिने भन्दै लाखौं रुपैयाँ ठगेर फरार भएका छन् ।
जिल्लाको कृषि ज्ञान केन्द्र, सिराहाका कार्यालय प्रमुख नरेन्द्र कुमार महासेठकै मिलेमतोमा करार सेवामा कार्यालय सहयोगीको रुपमा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानहरूलाई अनुदानमा ट्याक्टर दिलाइदिने भन्दै लाखौं रकम असुल गरी फरार भएका हुन् । नागरिकको कम्तीमा पनि १० करोड बराबरको रकम हिनामिना गरी कर्ण फरार भएका छन्

कार्यालय सहयोगीको रुपमा कार्यरत कर्णले कृषि ज्ञान केन्द्रबाट अनुदानमा वितरण गरिने कृषि औजारहरू ट्याक्टर, थ्रेसर, पावर ट्रेलर लगायतका कृषि उपकरण लिन कार्यालय प्रमुखलाई अग्रिम घुस रकम दिनुपर्ने भन्दै ११ जना किसानहरुसँग करिब ९६ लाख रकम ठगेर फरार रहेको पीडित किसानहरू बताउँछन् ।

कार्यालय सहयाेगी कर्णले लक्ष्मीपुर पतारी ५ का लालु यादवसँग अनुदानको ट्रयाक्टर मिलाइदिने भन्दै ५ लाख रकम लिएका थिए । यादवले न त अनुदानको ट्याक्टर नै पाए नत रकम नै फिर्ता पाए । उनले भने, ‘रकम दिए पनि मैले ट्याक्टर पाइन, पछि रकम फिर्ता गर्नुनपर्ने भनेपछि कर्णले २०८१/४/१७ गतेको मिति उल्लिखित पाँच लाखको चेक दिए , अहिले सुन्छु उनी फरार छन् ।’

औरही गाउँपालिका–२ स्थित तुलसीपुरकी पुनिता महतोले ‘ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन् । कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्रयाक्टर पाउने आसले अग्रिम अनुदानको आधा रकम बुझाइदिए । तर, ‘अहिले न ट्याक्टर पाइयो, न रकम फिर्ता नै ।’ उनका अनुसार कर्णले गत कात्तिक १९ र २० गते नबिल र ग्लोबल आईएमई बैंकको चेक दिएका थिए । तर उक्त खातामा चेक बराबरको रकम नभएको पाइयो ।

पीडितले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारी पछि चेक अनादरमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादर चेक रिपोर्टसहित निवेदन दिएका छन् । अर्नामा गापा ४ का मनोज कुमार यादवलाई पनि कर्णले ठगेर फरार भएपछि मानसिक तनावमा परेको बताए । कर्णले सिराहाको औरही, अर्नामा, कल्याणपुर, मिर्चैया, वरियारपट्टी, लक्ष्मीपुर पतारीलगायतका स्थानबाट ११ जना किसानको करिब ९६ लाख कर्णलाई ट्याक्टर पाउने आशमा बुझाएको पीडितहरूले बताए ।

पीडितहरुको यकिन तथ्यांक नभए पनि सयौंको संख्यामा हुनसक्ने स्थानीय मनोज यादव बताउँछन् । उनका अनुसार नागरिकको कम्तीमा पनि १० करोड बराबरको रकम हिनामिना गरी कर्ण फरार भएका छन् । फरार कर्ण सिराहा नगरपालिका १० स्थायी बासिन्दा हुन् । अहिले दैनिक दर्जनौं पीडित व्यक्ति घर पुग्ने गरेको बताइन्छ ।

कृषि ज्ञान केन्द्र सिराहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगी मात्र भएको जानकारी दिएको छ । बजारमा कार्यालय सहयोगी कर्णले रकम असुली गरेको भन्ने हल्ला चलेका बेला आफूहरूले अनुसन्धान गर्दागर्दै कार्यालय छोडेर भागेको ज्ञान केन्द्रका प्रमुख महासेठले बताए ।

कर्ण कृषि ज्ञान केन्द्र स्थापना भएपछि २०७७ मा किसुनदेव राउत कार्यालय प्रमुख भएका बेला करार सेवाका कार्यालय सहयोगी नियुक्त भएको कार्यालय प्रमुख महासेठले बताए ।

प्रत्येक पीडितहरुबाट कर्णले पाँचदेखि नौ लाखसम्म लिएका थिए । केही बैंकमार्फत त केही नगदमा उक्त रकमको कारोबार गरिएको पीडितहरूले बताए । ट्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिमा नबिल र ग्लोबल आईएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए । कर्णले नायव सुब्बाको परिचयपत्र झुन्ड्याएर ठगी गरेको पीडितहरू बताउँछन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
लुम्बिनी  पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन

लुम्बिनी पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: