काठमाडौं– सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन कायम राख्न अन्तरिम आदेश दिएको छ ।
शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निष्क्रिय हुने भन्दै संसद् सचिवालयका महासचिव भरतराज गौतमले लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो । आदेशसँगै सर्वोच्च फर्कने चोलेन्द्रको अन्तिम प्रयास पनि असफल भएको छ ।
सर्वोच्चले महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभाको कार्यकाल सम्माप्त भएको मिति वा निर्वाचनको मितिले निष्प्रभावी भए नभएको सम्बन्धमा पनि गौतमलाई कारण पेश गर्न भनेको छ ।











