No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

विश्वको जनसंख्या आठ अर्ब पुग्यो, भारतको सबैभन्दा धेरै

विश्वको जनसंख्या आठ अर्ब पुग्यो, भारतको सबैभन्दा धेरै

काठमाडौं । विश्वको जनसंख्या आठ अर्ब पुगेको अनुमान गरिएको हो। पृथ्वीमा मानव(प्रजाति सृष्टि भएयता जनसंख्या एक अर्ब पुग्न करीब तीन लाख वर्ष लागे पनि पछिल्लो १२ वर्षमै एक अर्ब थपिएको छ।
पृथ्वीमा मानव–प्रजाति ९होमो स्यापियन्स० सृष्टि भएयता जनसंख्या एक अर्ब पुग्न करीब तीन लाख वर्ष लागेको थियो। तर, पछिल्लो १२ वर्षमै एक अर्ब जनसंख्या थपिएको छ। यससँगै संसारको जनसंख्या आठ अर्ब पुगेको घोषणा गरिएको छ। विश्व जनसंख्या दिवसको अवसरमा प्रकाशित संयुक्त राष्ट्रसंघीय जनसंख्या प्रतिवेदन अनुसार‚ १५ नोभेम्बरमा संसारको जनसंख्या आठ अर्ब पुगेको अनुमान गरिएको हो।

स्वास्थ्य प्रणालीमा सुधार, स्वच्छ खानेपानी र सरसफाइ तथा खाद्यान्नको उत्पादकत्वदरमा सुधारपछिको पोषणका कारण संसारभरि बढी उमेर बाँच्ने मानिसको संख्या बढिरहेको छ। साथै, धेरै देशमा जनसंख्या उत्पादकत्व दर पनि धेरै छ।

प्रतिवेदनले सन् २०२३ मा संसारको सर्वाधिक जनसंख्या हुने देशको पहिलो सूचीमा भारत उक्लिने देखाएको छ। यसअघि चीनमा संसारकै धेरै मान्छे थिए। चीनभन्दा भारतको जनसंख्या वृद्धिदर धेरै भएपछि भारत सबैभन्दा धेरै जनसंख्या हुने मुलुकको पहिलो स्थानमा उक्लिन लागेको हो।

यद्यपि, विश्वको औसत जनसंख्या वृद्धिदरको गति पछिल्ला दशकहरूमा सुस्त भएको छ। सन् १९५० पछि जनसंख्याको वृद्धिदरमा सुस्तता आएको र सन् २०२० मा एक प्रतिशतमा झरेको राष्ट्र संघले जनाएको छ।

राष्ट्र संघले सन् २०३० मा विश्वको जनसंख्या आठ अर्ब ५० करोड हाराहारीमा पुग्ने प्रक्षेपण गरेको छ। त्यसैगरी, सन् २०५० मा विश्वको जनसंख्या नौ अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ। सन् २०८० मा १० अर्ब ४० करोड पुग्ने र सन् २१०० सम्म कायम रहने अनुमान छ।

विश्वका विभिन्न देशमा पछिल्ला दशकहरूमा प्रजननदर उल्लेख्य घटिरहेको राष्ट्रसंघले जनाएको छ। सन् २०२२ देखि २०५० सम्म संसारका ६१ देशमा प्रजननदर एक प्रतिशत वा सोभन्दा पनि घट्ने अनुमान गरिएको छ।

सन् २०५० सम्म बढ्ने अनुमान गरिएको जनसंख्याको आधा जति आठ वटा देशमा हुने आकलन छ। जसमा कंगो गणराज्य, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जनिया हुनेछन्। सन् २०२२ मा ६५ वर्ष वा सोभन्दा माथि उमेर समूहको जनसंख्या कुल १० प्रतिशत रहेकोमा सन् २०५० मा १६ प्रतिशत पुग्ने अनुमान छ। यसले भविष्यमा काम गर्न सक्ने उमेर समूहको जनसंख्या घट्ने र वृद्धवृद्धाको संख्या बढ्ने देखाउँछ।

सन् २०१९ मा विश्वव्यापी औसत आयु ७२।८ वर्ष पुगेको छ। सन् १९९० मा यो ६४ वर्ष हाराहारीमा मात्रै थियो। सन् २०५० मा औसत आयु ७७।२ वर्ष पुग्ने अनुमान छ।

नेपालमा तीन करोड आसपास
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार पुगेको छ। यो १० वर्ष अगाडिका तुलनामा करीब २७ लाख बढी हो। नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०।९३ प्रतिशत रहेको छ।

नेपालमा सर्वाधिक ५३।६६ प्रतिशत मानिस तराई क्षेत्रमा र ६।०९ प्रतिशत मानिस हिमाली क्षेत्रमा बस्छन्। बाँकी पहाडी भूभागमा बसोबास गर्ने जनगणनाले देखाएको छ।

नेपालमा पहिलो पटक १९६८ सालमा जनगणना गर्दा कुल जनसंख्या ५६ लाख ३८ हजार देखिएको थियो। त्यतिवेला प्रति वर्ग किलोमिटर ३८ रहेको जनघनत्व अहिले बढेर १९८ पुगिसकेको छ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
समावेशीका नाममा उपेन्द्रले यसरी ठगिरहेका छन् मधेसी जनतालाई, हेर्नुस् प्रमाण

समावेशीका नाममा उपेन्द्रले यसरी ठगिरहेका छन् मधेसी जनतालाई, हेर्नुस् प्रमाण

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: