No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

सेक्स कसरी गर्ने ?


सेक्स कसरी गर्ने ?

एजेन्सी । मानव यौन प्रतिक्रिया चक्रलाई चारवटा चरणमा बाडिएको छ । १. उत्तेजनाको चरण २. प्लाटो फेज ३. चरमसुख र ४.रिजोलुसन फेज। प्लाटो फेजमा भएको यौन क्रिया निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ। यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा उक्त चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सर्वोत्कृष्ट सुख अनुभव गर्छ। यसैलाई चरमसुख भनिन्छ। तपाईंकी श्रीमतीले प्रयोग गर्नुभएको मजाु शब्दले यसैलाई संकेत गर्नुभएको हुनुपर्छ।

आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ, तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ। कतिपय महिलालाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी समय लाग्न सक्छ। शीघ्र स्खलन भएर यौनसम्पर्क राम्रोसँग नहुँदा महिलाले यौनसम्पर्क प्राप्त गर्न गारै हुन्छ। यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषमा भने त्यस्तो हुँदैन। पुरुषलाई चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित गर्न सकिँदैन।

हुन त तपाईंले श्रीमतीसँग सोध्नुभएकै होला तर, औंला हाली देऊ भन्ने कुरा बुझ्न एकपल्ट महिला यौनाङ्गलाई बुझौं। यहाँ यौन प्रतिक्रिया चक्रमा मात्र होइन, महिलाको यौनाङ्गको फरकपनमा पनि ध्यान पुर्‍याउनुपर्छ। तपाईंलाई थाहै होला, महिलाको यौन संवेदनशील अङ्ग भगांकुरु बाहिरतिरै हुन्छ।

सामान्यत: पुरुष माथि र महिला तल रहेर गरिने यौनसम्पर्कले महिलाको भगांकुरलाई घर्षण गर्दैन। महिला माथि रहेर महिलाले आफूले चाहेजस्तो कटी प्रदेशलाई चलाउन सक्छिन्, जसले यौनसुख प्राप्त गर्न सहज हुन्छ। शीघ्र स्खलन भएपछि लिङ्ग शिथिल भएर यौनसम्पर्क गर्न नसकेको स्थितिमा चरमसुखतर्फ अग्रसर हुने अवसर नै हुँदैन। तपाईंलाई थाहै होला, यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ। यौन प्रसाधन जस्तो भाइब्रेटरको प्रयोग पनि अर्को उपाय हो। तपाईंकी श्रीमतीले हस्तमैथुन गरेर यौन आनन्द प्राप्त गर्नुभएको छ कि छैन, लेख्नुभएको भए जवाफ दिन अझ सजिलो हुने थियो।

योनिमा औंला वा अन्य कुनै लिङ्गाकार वस्तु पसाउँदा पनि महिलालाई यौन आनन्द प्राप्त गर्न सजिलो हुन्छ। तपाईंकी श्रीमतीले औंला पसाउँदा चरमसुख वा आनन्द प्राप्त गर्न सहज भएकाले त्यसका लागि अनुरोध गर्नुभएको बुझिन्छ। यसरी उहाँले भन्नुभएको छ भने भने यो अवसरको पर्याप्त फाइदा उठाउनुहोस्। श्रीमतीलाई यौनसुख प्रदान गर्न। लिङ्ग पसाउनैपर्ने बाध्यता वा हीनताबोधबाट बाहिर निस्कन अनुरोध गर्छु।

त्यसबाहेक, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ भने अन्य अनेक प्रयोग पनि गर्न सकिन्छ। पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उत्तेजित हुन्छन्। यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ। यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्धत पनि मिल्छ।

शीघ्रस्खलनका लागि 

प्राय: सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै न कुनै चाँडै बेला वीर्य स्खलन भएको अनुभव गरेका हुन्छ। घर्षण नै गर्न नपाई लिंग योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो। शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा राम्रोु गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिन कि भन्ने चिन्ताले समस्या बढाउँछ। शीघ्र स्खलनको समस्या कम गर्न आफैंले अवलम्बन गर्न सकिने केही उपाय छन् त्यसका बारेमा छोटकरीमा चर्चा गरौं।

यौनसम्पर्क रोक्ने  सुरु गर्ने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही वेर यौन क्रिडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनस्सुरु गर्ने।

आशन परिवर्तन गर्ने : लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिलामाथि बसेर सक्रिय भै यौन सम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ।

लिंग अँठ्याउने :  स्खलनहोला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने। यौन उत्तेजना केही कम भएपछि पुनस् यौनक्रिडा सुरु गर्ने।

कन्डमको प्रयोग गर्ने :  कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ।

मांसपेशीको प्रयोग गर्ने :  पिसाब आउँदा रोक्न प्रयोग गरिने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ।

त्यसैगरी हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो भए रोकेर यो प्रक्रिया दोहोर्‍याउने तेहेर्‍याउने। वीर्य स्खलनलाई राम्ररोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने र स्खलन होलाजस्तो भए रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने।

पछि वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागे पछि माथि भनिएजस्तै पहिले यौन साथी बढी सक्रिय हुने गरी यौन सम्पर्क गर्ने। अनि वीर्य स्खलन नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध तरिका अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने। यसमा समय र धैर्यता निकै लाग्ने र श्रीमतीको सहयोग पनि महत्वपूर्ण हुने कुरा राम्रोसँग बुझ्नुपर्छ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित

चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित

गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

पहिलो पटक यौन सम्पर्क गर्न कुन समय उपयुक्त हुन्छ !

पहिलो पटक यौन सम्पर्क गर्न कुन समय उपयुक्त हुन्छ !

देशभर फलिँदै डेंगु, यसबाट कसरी बच्ने ?

देशभर फलिँदै डेंगु, यसबाट कसरी बच्ने ?

Next Post
शारीरिक सम्बन्धको क्रममा लिंग भाँचिएपछि…

शारीरिक सम्बन्धको क्रममा लिंग भाँचिएपछि…

Leave a Reply Cancel reply

ताजा समाचार

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

देशभर कर्फ्यू आदेश जारी

देशभर कर्फ्यू आदेश जारी

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: